કુરઆન મજીદના શબ્દોનું ભાષાંતર - નેપાલી ભાષામાં અનુવાદ - જમઇય્યતે અહલે હદીષ

इन्फितार

external-link copy
1 : 82

اِذَا السَّمَآءُ انْفَطَرَتْ ۟ۙ

१) जब आकाश क्षतविक्षत भइहाल्नेछ, info
التفاسير:

external-link copy
2 : 82

وَاِذَا الْكَوَاكِبُ انْتَثَرَتْ ۟ۙ

२) र जब ताराहरू झरिहाल्नेछन् । info
التفاسير:

external-link copy
3 : 82

وَاِذَا الْبِحَارُ فُجِّرَتْ ۟ۙ

३) र जब समुन्द्र बगेर जानेछन् । info
التفاسير:

external-link copy
4 : 82

وَاِذَا الْقُبُوْرُ بُعْثِرَتْ ۟ۙ

४) र जब चिहानहरू उत्खनित हुनेछन् । info
التفاسير:

external-link copy
5 : 82

عَلِمَتْ نَفْسٌ مَّا قَدَّمَتْ وَاَخَّرَتْ ۟ؕ

५) तब हर व्यक्तिले थाहा पाउनेछ कि उसले अगाडि के पठाएको थियो र पछाडि के छोडेको थियो ? info
التفاسير:

external-link copy
6 : 82

یٰۤاَیُّهَا الْاِنْسَانُ مَا غَرَّكَ بِرَبِّكَ الْكَرِیْمِ ۟ۙ

६) हे मानव ! कुन कुराले तिमीलाई आफ्नो उदार पालनकर्ताको विषयमा भ्रममा पारेको छ ? info
التفاسير:

external-link copy
7 : 82

الَّذِیْ خَلَقَكَ فَسَوّٰىكَ فَعَدَلَكَ ۟ۙ

७) (त्यही नहो) जसले तिमीलाई सृष्टि गर्यो र फेरि (तिम्रा अङ्ग–प्रत्यङ्गहरूलाई) ठीक–ठीक पारी तिमीलाई सन्तुलित बनायो । info
التفاسير:

external-link copy
8 : 82

فِیْۤ اَیِّ صُوْرَةٍ مَّا شَآءَ رَكَّبَكَ ۟ؕ

८) र जुन रूपमा चाह्यो, तिमीलाई जोडेर तयार गर्यो । info
التفاسير:

external-link copy
9 : 82

كَلَّا بَلْ تُكَذِّبُوْنَ بِالدِّیْنِ ۟ۙ

९) केही होइन, बरु तिमीले प्रतिफल दिइने दिनलाई झुठ्लाउँछौ । info
التفاسير:

external-link copy
10 : 82

وَاِنَّ عَلَیْكُمْ لَحٰفِظِیْنَ ۟ۙ

१०) जबकि तिमीमाथि निगरानी गर्नेहरू नियुक्त छन् । info
التفاسير:

external-link copy
11 : 82

كِرَامًا كٰتِبِیْنَ ۟ۙ

११) प्रतिष्ठित लेख्नेहरू नियुक्त छन् । info
التفاسير:

external-link copy
12 : 82

یَعْلَمُوْنَ مَا تَفْعَلُوْنَ ۟

१२) तिमीले जे गर्दछौ, (त्यसलाई) उनीहरू जान्दछन् । info
التفاسير:

external-link copy
13 : 82

اِنَّ الْاَبْرَارَ لَفِیْ نَعِیْمٍ ۟ۙ

१३) निःसन्देह सत्कर्मी मानिसहरू स्वर्गका ऐशो आराम र अनुग्रहमा हुनेछन् । info
التفاسير:

external-link copy
14 : 82

وَاِنَّ الْفُجَّارَ لَفِیْ جَحِیْمٍ ۟ۙ

१४) र निःसंदेह दूराचारीहरू नर्कमा हुनेछन् । info
التفاسير:

external-link copy
15 : 82

یَّصْلَوْنَهَا یَوْمَ الدِّیْنِ ۟

१५) (अर्थात्) प्रतिफलको दिन त्यसमा प्रवेश गर्नेछन् । info
التفاسير:

external-link copy
16 : 82

وَمَا هُمْ عَنْهَا بِغَآىِٕبِیْنَ ۟ؕ

१६) र त्यसबाट उम्केर जान सक्ने छैनन् । info
التفاسير:

external-link copy
17 : 82

وَمَاۤ اَدْرٰىكَ مَا یَوْمُ الدِّیْنِ ۟ۙ

१७) र तिमीहरूलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ ? info
التفاسير:

external-link copy
18 : 82

ثُمَّ مَاۤ اَدْرٰىكَ مَا یَوْمُ الدِّیْنِ ۟ؕ

१८) म फेरि भन्छु तिमीलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ । info
التفاسير:

external-link copy
19 : 82

یَوْمَ لَا تَمْلِكُ نَفْسٌ لِّنَفْسٍ شَیْـًٔا ؕ— وَالْاَمْرُ یَوْمَىِٕذٍ لِّلّٰهِ ۟۠

१९) जुन दिन कुनै व्यक्ति कसैको निम्ति कुनै कुराको अधिकारी हुनेछैन, र सबै आदेश त्यस दिन अल्लाहकै हुनेछ । info
التفاسير: