કુરઆન મજીદના શબ્દોનું ભાષાંતર - નેપાલી ભાષામાં અનુવાદ - જમઇય્યતે અહલે હદીષ

પેજ નંબર:close

external-link copy
196 : 7

اِنَّ وَلِیِّ اللّٰهُ الَّذِیْ نَزَّلَ الْكِتٰبَ ۖؗ— وَهُوَ یَتَوَلَّی الصّٰلِحِیْنَ ۟

१९६) निश्चय नै मेरो सहायक अल्लाह नै हो, जसले यो किताब उतारेको छ, र त्यसैले सदाचारीहरूको सहायता गर्दछ । info
التفاسير:

external-link copy
197 : 7

وَالَّذِیْنَ تَدْعُوْنَ مِنْ دُوْنِهٖ لَا یَسْتَطِیْعُوْنَ نَصْرَكُمْ وَلَاۤ اَنْفُسَهُمْ یَنْصُرُوْنَ ۟

१९७) तिमीहरूले अल्लाहलाई छाडेर जस जसलाई पूजा गर्दछौ, त्यसले तिम्रो कुनै सहायता गर्न सक्दैनन् र न आफ्नै सहायता गर्न सक्छन् । info
التفاسير:

external-link copy
198 : 7

وَاِنْ تَدْعُوْهُمْ اِلَی الْهُدٰی لَا یَسْمَعُوْا ؕ— وَتَرٰىهُمْ یَنْظُرُوْنَ اِلَیْكَ وَهُمْ لَا یُبْصِرُوْنَ ۟

१९८) र यदि उनलाई सोझो मार्गतिर बोलाउनुहुन्छ भने तिनीहरूले सुन्ने छैनन् । र तिनीहरूलाई तपाईले यसरी देख्नुहुन्छ जस्तो कि उनीहरूले तपाईलाई देखिराखेका छन्, जबकि तिनीहरूले केही पनि देख्दैनन् । info
التفاسير:

external-link copy
199 : 7

خُذِ الْعَفْوَ وَاْمُرْ بِالْعُرْفِ وَاَعْرِضْ عَنِ الْجٰهِلِیْنَ ۟

१९९) तपाई क्षमाको नीति अपनाउनुस्, र असल कामको उपदेश दिदै गर्नुस् र अज्ञानीहरूबाट टाढा बस्नुस् । info
التفاسير:

external-link copy
200 : 7

وَاِمَّا یَنْزَغَنَّكَ مِنَ الشَّیْطٰنِ نَزْغٌ فَاسْتَعِذْ بِاللّٰهِ ؕ— اِنَّهٗ سَمِیْعٌ عَلِیْمٌ ۟

२००) र यदि तपाईलाई शैतानतिरबाट कुनै असमंजस आउँछ भने अल्लाहसित शरण माँग्ने गर्नुस् । निश्चय नै ऊ सबै कुरा सुन्दछ र जान्दछ । info
التفاسير:

external-link copy
201 : 7

اِنَّ الَّذِیْنَ اتَّقَوْا اِذَا مَسَّهُمْ طٰٓىِٕفٌ مِّنَ الشَّیْطٰنِ تَذَكَّرُوْا فَاِذَا هُمْ مُّبْصِرُوْنَ ۟ۚ

२०१) निश्चय नै अल्लाहसित डराउनेहरूलाई जब कुनै खतराको संकेत आउँछ तब उनी जिक्र गर्न थाल्छन्, तसर्थ एक्कासी उनका आँखाहरू खुलिहाल्छन् । info
التفاسير:

external-link copy
202 : 7

وَاِخْوَانُهُمْ یَمُدُّوْنَهُمْ فِی الْغَیِّ ثُمَّ لَا یُقْصِرُوْنَ ۟

२०२) र जो शैतानका मातहतमा छन्, तिनहिरूले उनीहरूलाई कुमार्गतिर तानेर लग्छन्, अनि त्यसमा कुनै कसर बाँकी राख्दैनन् । info
التفاسير:

external-link copy
203 : 7

وَاِذَا لَمْ تَاْتِهِمْ بِاٰیَةٍ قَالُوْا لَوْلَا اجْتَبَیْتَهَا ؕ— قُلْ اِنَّمَاۤ اَتَّبِعُ مَا یُوْحٰۤی اِلَیَّ مِنْ رَّبِّیْ ۚ— هٰذَا بَصَآىِٕرُ مِنْ رَّبِّكُمْ وَهُدًی وَّرَحْمَةٌ لِّقَوْمٍ یُّؤْمِنُوْنَ ۟

२०३) जब तपाईले कुनै चमत्कार उनीहरू समक्ष ल्याउनुहुन्न तब उनीहरूले भन्छन्ः कि ‘‘तपाईले स्वयं यो चमत्कार किन ल्याउनु भएन’’ ? तपाईले भनिदिनुस्ः कि म त त्यही कुराको पालना गर्दछु जुन आदेश मेरो पालनकर्ताले पठाएको छ । यी तपाईको पालनकर्ताको तर्फबाट प्रमाण हुन्, र ईमानवालाहरूको लागि मार्गदर्शन र दया हो । info
التفاسير:

external-link copy
204 : 7

وَاِذَا قُرِئَ الْقُرْاٰنُ فَاسْتَمِعُوْا لَهٗ وَاَنْصِتُوْا لَعَلَّكُمْ تُرْحَمُوْنَ ۟

२०४) र जब कुरआन पढिन्छ तब त्यतातिर ध्यान दिएर सुन, र चुप लागेर बस, ताकि तिमीमाथि दया गरियोस् । info
التفاسير:

external-link copy
205 : 7

وَاذْكُرْ رَّبَّكَ فِیْ نَفْسِكَ تَضَرُّعًا وَّخِیْفَةً وَّدُوْنَ الْجَهْرِ مِنَ الْقَوْلِ بِالْغُدُوِّ وَالْاٰصَالِ وَلَا تَكُنْ مِّنَ الْغٰفِلِیْنَ ۟

२०५) र हे नबी ! आफ्नो पालनकर्तालाई आफ्नो मनमा बिहान बेलुका विनम्रतापूर्वक, डर मान्दै मसिनो आवाजमा स्मरण गर्दैगर र बेवास्ता गर्नेहरूमध्येको नहोऊ । info
التفاسير:

external-link copy
206 : 7

اِنَّ الَّذِیْنَ عِنْدَ رَبِّكَ لَا یَسْتَكْبِرُوْنَ عَنْ عِبَادَتِهٖ وَیُسَبِّحُوْنَهٗ وَلَهٗ یَسْجُدُوْنَ ۟

२०६) निःसन्देह जो तिम्रो पालनकर्ताको समीपमा छन्, तिनीहरू उसको उपासनाबाट अभिमान गर्दैनन्, तिनीहरू त उसको महीमागान गर्दछन् र उसैलाई ढोग्दछन् । info
التفاسير: