કુરઆન મજીદના શબ્દોનું ભાષાંતર - નેપાલી ભાષામાં અનુવાદ - જમઇય્યતે અહલે હદીષ

कलम

external-link copy
1 : 68

نٓ وَالْقَلَمِ وَمَا یَسْطُرُوْنَ ۟ۙ

१) नून, कसम छ कलमको र त्यसको जुन कुरो तिनीहरू (फरिश्ताहरू) लेख्दछन् । info
التفاسير:

external-link copy
2 : 68

مَاۤ اَنْتَ بِنِعْمَةِ رَبِّكَ بِمَجْنُوْنٍ ۟ۚ

२) कि (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) तपाई आफ्नो पालनकर्ताको अनुकम्पाबाट बउलाहा होइनौ । info
التفاسير:

external-link copy
3 : 68

وَاِنَّ لَكَ لَاَجْرًا غَیْرَ مَمْنُوْنٍ ۟ۚ

३) र निःसन्देह तपाईको लागि अन्त नहुनेवाला बडो अनुकम्पा छ । info
التفاسير:

external-link copy
4 : 68

وَاِنَّكَ لَعَلٰی خُلُقٍ عَظِیْمٍ ۟

४) निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ । info
التفاسير:

external-link copy
5 : 68

فَسَتُبْصِرُ وَیُبْصِرُوْنَ ۟ۙ

५) अब तिमीले देख्नेछौ र यिनीहरूले पनि देख्नेछन्, info
التفاسير:

external-link copy
6 : 68

بِاَیِّىكُمُ الْمَفْتُوْنُ ۟

६) कि तिमीमध्येबाट को भ्रमित भएको छ । info
التفاسير:

external-link copy
7 : 68

اِنَّ رَبَّكَ هُوَ اَعْلَمُ بِمَنْ ضَلَّ عَنْ سَبِیْلِهٖ ۪— وَهُوَ اَعْلَمُ بِالْمُهْتَدِیْنَ ۟

७) निःसंदेह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट विचलित भएका छन् र उनीहरूलाई पनि राम्ररी जान्दछ, जो सोझो मार्गमा हिडीराखेका छन् । info
التفاسير:

external-link copy
8 : 68

فَلَا تُطِعِ الْمُكَذِّبِیْنَ ۟

८) तसर्थ तिमीले असत्य ठहराउनेहरूको भनाई नमान्नु । info
التفاسير:

external-link copy
9 : 68

وَدُّوْا لَوْ تُدْهِنُ فَیُدْهِنُوْنَ ۟

९) तिनीहरूले चाहन्छन् कि तिमी अली नरम भइहाल । अनि यिनीहरू नरम भइहाल्नेछन् । info
التفاسير:

external-link copy
10 : 68

وَلَا تُطِعْ كُلَّ حَلَّافٍ مَّهِیْنٍ ۟ۙ

१०) र तिमीले कुनै यस्तो व्यक्तिको भनाई नमान्नु जसले धेरै कसम खाइरहन्छ । info
التفاسير:

external-link copy
11 : 68

هَمَّازٍ مَّشَّآءٍ بِنَمِیْمٍ ۟ۙ

११) बदनाम अर्काको दुर्गण वर्णन गर्नेवाला र चुक्ली गर्दै हिड्दछ । info
التفاسير:

external-link copy
12 : 68

مَّنَّاعٍ لِّلْخَیْرِ مُعْتَدٍ اَثِیْمٍ ۟ۙ

१२) (र जो) राम्रो कुराबाट रोक्नेवाला, सीमाको उल्लंघन गर्नेवाला, ठूलो अपराधी, (हो) । info
التفاسير:

external-link copy
13 : 68

عُتُلٍّۢ بَعْدَ ذٰلِكَ زَنِیْمٍ ۟ۙ

१३) घमण्डी र त्यो पनि जारज । info
التفاسير:

external-link copy
14 : 68

اَنْ كَانَ ذَا مَالٍ وَّبَنِیْنَ ۟ؕ

१४) उसको अटेरीपना मात्र यसकारण छ कि त्यो धनवान र छोराहरूवाला छ, info
التفاسير:

external-link copy
15 : 68

اِذَا تُتْلٰی عَلَیْهِ اٰیٰتُنَا قَالَ اَسَاطِیْرُ الْاَوَّلِیْنَ ۟

१५) जब उसका सामु हाम्रा आयतहरू पढेर सुनाइन्छन्, तब भन्छ कि यी त पहिलाका मानिसहरूका कथा हुन् । info
التفاسير:

external-link copy
16 : 68

سَنَسِمُهٗ عَلَی الْخُرْطُوْمِ ۟

१६) हामीले पनि (शीघ्र नै) उसको नाकमा दाग लगाउनेछौं । info
التفاسير:

external-link copy
17 : 68

اِنَّا بَلَوْنٰهُمْ كَمَا بَلَوْنَاۤ اَصْحٰبَ الْجَنَّةِ ۚ— اِذْ اَقْسَمُوْا لَیَصْرِمُنَّهَا مُصْبِحِیْنَ ۟ۙ

१७) निःसंदेह हामीले उनीहरूको यस्तै प्रकारले परीक्षा लिएकाछौं जुन प्रकारले बागवालाहरूको परीक्षा लिएका थियौं, जबकि उनीहरूले कसम खाए कि प्रातःकाल हुनासाथ अवश्य त्यस बगैचाका फल टिप्नेछौं । info
التفاسير:

external-link copy
18 : 68

وَلَا یَسْتَثْنُوْنَ ۟

१८) र ‘‘इन्शाअल्लाह’’(यदि अल्लहले चाह्यो) भनेनन्, info
التفاسير:

external-link copy
19 : 68

فَطَافَ عَلَیْهَا طَآىِٕفٌ مِّنْ رَّبِّكَ وَهُمْ نَآىِٕمُوْنَ ۟

१९) तसर्थ उनीहरूमाथि उनीहरू सुतिराखेकै बेलामा तिम्रो पालनकर्ताको तर्फबाट एउटा विपदाले चक्कर लगाइहाल्यो । info
التفاسير:

external-link copy
20 : 68

فَاَصْبَحَتْ كَالصَّرِیْمِ ۟ۙ

२०) तब त्यो बगैचा यस्तो भइहाल्यो जस्तो कि काटिएको खेती, info
التفاسير:

external-link copy
21 : 68

فَتَنَادَوْا مُصْبِحِیْنَ ۟ۙ

२१) जब बिहान भयो तब उनीहरूले एक अर्कालाई पुकार्न थाले, info
التفاسير:

external-link copy
22 : 68

اَنِ اغْدُوْا عَلٰی حَرْثِكُمْ اِنْ كُنْتُمْ صٰرِمِیْنَ ۟

२२) कि यदि तिमीले फल टिप्नु छ भने आफ्नो खेतीमा बिहानै आइपुग । info
التفاسير:

external-link copy
23 : 68

فَانْطَلَقُوْا وَهُمْ یَتَخَافَتُوْنَ ۟ۙ

२३) फेरि तिनीहरू विस्तारै–विस्तारै यो कुरा गर्दै हिंडे । info
التفاسير:

external-link copy
24 : 68

اَنْ لَّا یَدْخُلَنَّهَا الْیَوْمَ عَلَیْكُمْ مِّسْكِیْنٌ ۟ۙ

२४) कि आज यहाँ तिम्रो पासमा कोही गरिब आउन नपाओस्, info
التفاسير:

external-link copy
25 : 68

وَّغَدَوْا عَلٰی حَرْدٍ قٰدِرِیْنَ ۟

२५) र उनीहरू लम्कदै बिहानै पुगे, कि हामी सामर्थ्यवान हुनेछौं । info
التفاسير:

external-link copy
26 : 68

فَلَمَّا رَاَوْهَا قَالُوْۤا اِنَّا لَضَآلُّوْنَ ۟ۙ

२६) जब उनीहरूले बगैचालाई देखे त भन्नथाले कि हामी निश्चयनै बाटो बिर्सिसकेका छौं, info
التفاسير:

external-link copy
27 : 68

بَلْ نَحْنُ مَحْرُوْمُوْنَ ۟

२७) होइन, होइन बरु हाम्रो भाग्य नै फेरीसक्यो । info
التفاسير:

external-link copy
28 : 68

قَالَ اَوْسَطُهُمْ اَلَمْ اَقُلْ لَّكُمْ لَوْلَا تُسَبِّحُوْنَ ۟

२८) एउटा जुन उनीहरूमध्ये बुद्धिमान थियो उसले भन्यो, के मैले तिमीसित भनेको थिएन कि तिमीले अल्लाहको पवित्रताको वर्णन किन गर्दैनौ ? info
التفاسير:

external-link copy
29 : 68

قَالُوْا سُبْحٰنَ رَبِّنَاۤ اِنَّا كُنَّا ظٰلِمِیْنَ ۟

२९) तब उनीहरू सबैले भन्नथाले कि हाम्रो पालनकर्ता पवित्र छ, निश्चय नै हामी नै अत्याचारी थियौं, info
التفاسير:

external-link copy
30 : 68

فَاَقْبَلَ بَعْضُهُمْ عَلٰی بَعْضٍ یَّتَلَاوَمُوْنَ ۟

३०) अनि उनीहरू एक अर्कातिर मुख फर्काइ परस्पर धिक्कार्न थाले, info
التفاسير:

external-link copy
31 : 68

قَالُوْا یٰوَیْلَنَاۤ اِنَّا كُنَّا طٰغِیْنَ ۟

३१) भन्न थाले, हाय अफशोच हामी नै हदभन्दा अगाडि गइसकेका थियौं । info
التفاسير:

external-link copy
32 : 68

عَسٰی رَبُّنَاۤ اَنْ یُّبْدِلَنَا خَیْرًا مِّنْهَاۤ اِنَّاۤ اِلٰی رَبِّنَا رٰغِبُوْنَ ۟

३२) आशा छ कि हाम्रो पालनकर्ताले यसको सट्टा हामीहरूलाई यसभन्दा राम्रो बदला प्रदान गरोस्, हामी त अब आफ्नो पालनकर्ताबाटै आशन्वित हुन्छौं । info
التفاسير:

external-link copy
33 : 68

كَذٰلِكَ الْعَذَابُ ؕ— وَلَعَذَابُ الْاٰخِرَةِ اَكْبَرُ ۘ— لَوْ كَانُوْا یَعْلَمُوْنَ ۟۠

३३) (हेर) विपदा यस्तै आउँछ र परलोकको विपदा धेरै ठूलो छ, यदि यो कुरा उनीहरूले बुझ्नसक्ने भए । info
التفاسير:

external-link copy
34 : 68

اِنَّ لِلْمُتَّقِیْنَ عِنْدَ رَبِّهِمْ جَنّٰتِ النَّعِیْمِ ۟

३४) निश्चय नै संयमीहरूको निम्ति उनीहरूको पालनकर्ताकहाँ उपहारवाला स्वर्गहरू छन् । info
التفاسير:

external-link copy
35 : 68

اَفَنَجْعَلُ الْمُسْلِمِیْنَ كَالْمُجْرِمِیْنَ ۟ؕ

३५) के हामी आज्ञाकारीहरूलाई अपराधीहरू जस्तो गरिदिनेछौं ? info
التفاسير:

external-link copy
36 : 68

مَا لَكُمْ ۫— كَیْفَ تَحْكُمُوْنَ ۟ۚ

३६) तिमीलाई के भएको छ, कस्तो निर्णय गर्दैछौ ? info
التفاسير:

external-link copy
37 : 68

اَمْ لَكُمْ كِتٰبٌ فِیْهِ تَدْرُسُوْنَ ۟ۙ

३७) के तिम्रो पासमा कुनै किताब छ जसबाट तिमी (यो) पढ्छौ ? info
التفاسير:

external-link copy
38 : 68

اِنَّ لَكُمْ فِیْهِ لَمَا تَخَیَّرُوْنَ ۟ۚ

३८) कि तिमीले रुचाउने कुराहरू त्यसमा होउन् ? info
التفاسير:

external-link copy
39 : 68

اَمْ لَكُمْ اَیْمَانٌ عَلَیْنَا بَالِغَةٌ اِلٰی یَوْمِ الْقِیٰمَةِ ۙ— اِنَّ لَكُمْ لَمَا تَحْكُمُوْنَ ۟ۚ

३९) वा तिमीहरूले हामीसित कुनै शपथ लिएकाछौ ? जुन कियामतको दिनसम्म बाँकी रहनेछ, कि तिम्रो निम्ति त्यो सबै छ जुन तिमीले आफ्नो तर्फबाट फैसला गर्दछौ । info
التفاسير:

external-link copy
40 : 68

سَلْهُمْ اَیُّهُمْ بِذٰلِكَ زَعِیْمٌ ۟ۚۛ

४०) उनीहरूसित सोध कि उनीहरूमध्ये यसको जिम्मावाला को हो ? info
التفاسير:

external-link copy
41 : 68

اَمْ لَهُمْ شُرَكَآءُ ۛۚ— فَلْیَاْتُوْا بِشُرَكَآىِٕهِمْ اِنْ كَانُوْا صٰدِقِیْنَ ۟

४१) के (यस भनाईमा) उनका अरु पनि साझेदार छन् ? यदि उनी साँचो छन् भने आफ्नो साझेदारहरूलाई ल्याई अगाडि उभ्याउन् । info
التفاسير:

external-link copy
42 : 68

یَوْمَ یُكْشَفُ عَنْ سَاقٍ وَّیُدْعَوْنَ اِلَی السُّجُوْدِ فَلَا یَسْتَطِیْعُوْنَ ۟ۙ

४२) जुन दिन घुँडा खोलिदिइनेछ र उनीहरू सजदाको (ढोगको) निम्ति बोलाइने छन्, तब तिनीहरूले सिज्दा गर्नसक्ने छैनन् । info
التفاسير:

external-link copy
43 : 68

خَاشِعَةً اَبْصَارُهُمْ تَرْهَقُهُمْ ذِلَّةٌ ؕ— وَقَدْ كَانُوْا یُدْعَوْنَ اِلَی السُّجُوْدِ وَهُمْ سٰلِمُوْنَ ۟

४३) आँखाहरू तल झुकेका हुनेछन्, र उनीमाथि अपमान छाइराखेको हुनेछ । उनीहरूलाई त्यस बेला पनि ढोगको निम्ति बोलाइन्थ्यो जबकि उनीहरू ठीकठाक थिए । info
التفاسير:

external-link copy
44 : 68

فَذَرْنِیْ وَمَنْ یُّكَذِّبُ بِهٰذَا الْحَدِیْثِ ؕ— سَنَسْتَدْرِجُهُمْ مِّنْ حَیْثُ لَا یَعْلَمُوْنَ ۟ۙ

४४) अतः तिमीले मलाई र मेरा वाणीलाई झूठा भन्नेहरूलाई छाडिदेऊ । हामीले उनीहरूलाई विस्तारै यस्तो तरीकाले समात्ने छौं कि उनलाई थाहा पनि हुनेछैन । info
التفاسير:

external-link copy
45 : 68

وَاُمْلِیْ لَهُمْ ؕ— اِنَّ كَیْدِیْ مَتِیْنٌ ۟

४५) मैले उनीलाई मोहलत दिइराख्नेछु, निःसंदेह मेरो योजना धेरै बलियो छ । info
التفاسير:

external-link copy
46 : 68

اَمْ تَسْـَٔلُهُمْ اَجْرًا فَهُمْ مِّنْ مَّغْرَمٍ مُّثْقَلُوْنَ ۟ۚ

४६) के तिमी उनीहरूसित केही बदला माँगिराखेका छौ कि उनीहरू त्यसको बोझबाट थिचिंदै गइराखेका छन् । info
التفاسير:

external-link copy
47 : 68

اَمْ عِنْدَهُمُ الْغَیْبُ فَهُمْ یَكْتُبُوْنَ ۟

४७) वा के उनीहरूको पासमा परोक्षको ज्ञान छ जसलाई उनी लेख्दै गएका छन्, info
التفاسير:

external-link copy
48 : 68

فَاصْبِرْ لِحُكْمِ رَبِّكَ وَلَا تَكُنْ كَصَاحِبِ الْحُوْتِ ۘ— اِذْ نَادٰی وَهُوَ مَكْظُوْمٌ ۟ؕ

४८) अतः आफ्नो पालनकर्ताको आदेशलाई तपाईले धैर्यसित प्रतीक्षा गर्नुस् र माछावाला जस्तै नहुनु, कि उनले गहिरो दुःखको अवस्थामा प्रार्थना गरेका थिए । info
التفاسير:

external-link copy
49 : 68

لَوْلَاۤ اَنْ تَدٰرَكَهٗ نِعْمَةٌ مِّنْ رَّبِّهٖ لَنُبِذَ بِالْعَرَآءِ وَهُوَ مَذْمُوْمٌ ۟

४९) यदि उनको साथमा उनको पालनकर्ताको अनुकम्पा नभएको भए उनी खुल्ला मैदानमा फ्याँकिने थिए, र उनको अवस्था नराम्रो हुने थियो । info
التفاسير:

external-link copy
50 : 68

فَاجْتَبٰىهُ رَبُّهٗ فَجَعَلَهٗ مِنَ الصّٰلِحِیْنَ ۟

५०) अन्ततः उनको पालनकर्ताले फेरि उनलाई रोजिहाल्यो र उनलाई राम्रा मानिसहरूमा शम्मिलित गरिदियो । info
التفاسير:

external-link copy
51 : 68

وَاِنْ یَّكَادُ الَّذِیْنَ كَفَرُوْا لَیُزْلِقُوْنَكَ بِاَبْصَارِهِمْ لَمَّا سَمِعُوا الذِّكْرَ وَیَقُوْلُوْنَ اِنَّهٗ لَمَجْنُوْنٌ ۟ۘ

५१) र नजिक छ कि काफिरहरूले आफ्नो तीव्र दृष्टिबाट तपाईलाई चिप्ल्याई दिनेछन्, जब उनी ‘‘कुरआन’’ सुन्दछन् र भनिदिन्छन् कि यिनी त अवश्य दिवाना छन् । info
التفاسير:

external-link copy
52 : 68

وَمَا هُوَ اِلَّا ذِكْرٌ لِّلْعٰلَمِیْنَ ۟۠

५२) वास्तवमा यो (कुरआन) त सबै संसारवालाहरूको निम्ति पूरै उपदेश हो । info
التفاسير: