કુરઆન મજીદના શબ્દોનું ભાષાંતર - નેપાલી ભાષામાં અનુવાદ - જમઇય્યતે અહલે હદીષ

मुल्क

external-link copy
1 : 67

تَبٰرَكَ الَّذِیْ بِیَدِهِ الْمُلْكُ ؗ— وَهُوَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرُ ۟ۙ

१) त्यो जसको हातमा राज्यसत्ता छ, बडो कल्याणकारी छ, र जो हरेक कुरामा सामर्थ्यवान छ । info
التفاسير:

external-link copy
2 : 67

١لَّذِیْ خَلَقَ الْمَوْتَ وَالْحَیٰوةَ لِیَبْلُوَكُمْ اَیُّكُمْ اَحْسَنُ عَمَلًا ؕ— وَهُوَ الْعَزِیْزُ الْغَفُوْرُ ۟ۙ

२) जसले मृत्यु र जीवनलाई यसकारण सृष्टि गरेको छ, कि तिम्रो परीक्षा गरोस्, कि तिमीमध्ये राम्रो काम को गर्दछ ? र ऊ अधिपत्यशाली र क्षमाशील छ । info
التفاسير:

external-link copy
3 : 67

الَّذِیْ خَلَقَ سَبْعَ سَمٰوٰتٍ طِبَاقًا ؕ— مَا تَرٰی فِیْ خَلْقِ الرَّحْمٰنِ مِنْ تَفٰوُتٍ ؕ— فَارْجِعِ الْبَصَرَ ۙ— هَلْ تَرٰی مِنْ فُطُوْرٍ ۟

३) जसले माथि सातवटा आकाशहरू बनायो त हेर्नेवाला अल्लाह–रहमानको रचनामा कुनै विसंगति देख्ने छैन । दोस्रो पटक दृष्टि उठाएर हेर के कुनै चिरा दृष्टिगोचर हुन्छ ? info
التفاسير:

external-link copy
4 : 67

ثُمَّ ارْجِعِ الْبَصَرَ كَرَّتَیْنِ یَنْقَلِبْ اِلَیْكَ الْبَصَرُ خَاسِئًا وَّهُوَ حَسِیْرٌ ۟

४) फेरि दोहोर्याएर दुई–दुई पटक देखिलेऊ, तिम्रो दृष्टि तिम्रो तर्फ अपमानित र कमजोर भएर फर्की आउनेछ । info
التفاسير:

external-link copy
5 : 67

وَلَقَدْ زَیَّنَّا السَّمَآءَ الدُّنْیَا بِمَصَابِیْحَ وَجَعَلْنٰهَا رُجُوْمًا لِّلشَّیٰطِیْنِ وَاَعْتَدْنَا لَهُمْ عَذَابَ السَّعِیْرِ ۟

५) निःसन्देह हामीले आकाशलाई संसारको प्रकाशका लागि भव्य दीपबाट सजायौं, र उनीहरूलाई शैतानलाई हान्ने माध्यम बनायौं, र शैतानहरूको लागि हामीले नर्कको सजाय तयार गरिराखेका छौं । info
التفاسير:

external-link copy
6 : 67

وَلِلَّذِیْنَ كَفَرُوْا بِرَبِّهِمْ عَذَابُ جَهَنَّمَ ؕ— وَبِئْسَ الْمَصِیْرُ ۟

६) र जसले आफ्नो पालनकर्तासित कुफ्र गरे, उनीहरूको निम्ति नर्कको यातना छ, र त्यो धेरै नराम्रो ठाउँ हो । info
التفاسير:

external-link copy
7 : 67

اِذَاۤ اُلْقُوْا فِیْهَا سَمِعُوْا لَهَا شَهِیْقًا وَّهِیَ تَفُوْرُ ۟ۙ

७) जब त्यसमा यिनीहरू हालिनेछन्, तब त्यसको चित्कारको आवाज सुन्नेछन् र त्यसले भडकिरहेको हुनेछ । info
التفاسير:

external-link copy
8 : 67

تَكَادُ تَمَیَّزُ مِنَ الْغَیْظِ ؕ— كُلَّمَاۤ اُلْقِیَ فِیْهَا فَوْجٌ سَاَلَهُمْ خَزَنَتُهَاۤ اَلَمْ یَاْتِكُمْ نَذِیْرٌ ۟

८) यस्तो लाग्छ कि क्रोधले च्यातिजान्छ जब यसमा कुनै समूह हालिनेछ ऊसित नर्कका द्धारपालेहरूले सोध्नेछन्, ‘‘के तिम्रो पासमा कोही सावधान गर्नेवाला आएन ?’’ info
التفاسير:

external-link copy
9 : 67

قَالُوْا بَلٰی قَدْ جَآءَنَا نَذِیْرٌ ۙ۬— فَكَذَّبْنَا وَقُلْنَا مَا نَزَّلَ اللّٰهُ مِنْ شَیْءٍ ۖۚ— اِنْ اَنْتُمْ اِلَّا فِیْ ضَلٰلٍ كَبِیْرٍ ۟

९) उनीहरूले भन्नेछन्ः (किन होइन), अवश्य सावधान गर्नेवाला आएको थियो । तर हामीले उसलाई असत्य ठहरायौं र भन्यौं कि अल्लाहले त कुनै कुरा अवतरित गरेकै छैन । तिमी त ठूलो भ्रममा परिराखेका छौ । info
التفاسير:

external-link copy
10 : 67

وَقَالُوْا لَوْ كُنَّا نَسْمَعُ اَوْ نَعْقِلُ مَا كُنَّا فِیْۤ اَصْحٰبِ السَّعِیْرِ ۟

१०) र भन्नेछन्ः यदि हामीले सुन्ने र बुझ्ने भएको भए नारकीहरूमध्येका हुने थिएनौं । info
التفاسير:

external-link copy
11 : 67

فَاعْتَرَفُوْا بِذَنْۢبِهِمْ ۚ— فَسُحْقًا لِّاَصْحٰبِ السَّعِیْرِ ۟

११) यसप्रकार उनीहरूले आफ्ना अपराधहरूलाई स्वीकार गर्नेछन् । तसर्थ अब यी नर्कीयहरू टाढा रहुन् । info
التفاسير:

external-link copy
12 : 67

اِنَّ الَّذِیْنَ یَخْشَوْنَ رَبَّهُمْ بِالْغَیْبِ لَهُمْ مَّغْفِرَةٌ وَّاَجْرٌ كَبِیْرٌ ۟

१२) निःसंदेह जुन मानिसहरू परोक्षमा आफ्नो पालनकर्तासित डराउने गर्दछन् । उनीहरूको निम्ति क्षमा र ठूलो प्रतिफल छ । info
التفاسير:

external-link copy
13 : 67

وَاَسِرُّوْا قَوْلَكُمْ اَوِ اجْهَرُوْا بِهٖ ؕ— اِنَّهٗ عَلِیْمٌۢ بِذَاتِ الصُّدُوْرِ ۟

१३) तिमीहरूले कुरा लुकाएर भन वा प्रकटरूपले, उसले हृदयका रहस्यहरूसमेत जान्दछ । info
التفاسير:

external-link copy
14 : 67

اَلَا یَعْلَمُ مَنْ خَلَقَ ؕ— وَهُوَ اللَّطِیْفُ الْخَبِیْرُ ۟۠

१४) के उसले जान्ने छैन जसले सृष्टि गरेको छ ? जबकि ऊ सूक्ष्मदर्शी र हरेक कुराबाट अवगत पनि छ । info
التفاسير:

external-link copy
15 : 67

هُوَ الَّذِیْ جَعَلَ لَكُمُ الْاَرْضَ ذَلُوْلًا فَامْشُوْا فِیْ مَنَاكِبِهَا وَكُلُوْا مِنْ رِّزْقِهٖ ؕ— وَاِلَیْهِ النُّشُوْرُ ۟

१५) उही त हो जसले तिम्रो निम्ति धरतीलाई नरम र अधीनस्थ गर्यो । ताकि तिमीले उसका बाटोहरूमा हिंड्डुल गर्नेगर र अल्लाहद्धारा प्रदान गरिएको जीविका उपभोग गर, र तिमीले उसैको पासमा दोस्रोपटक जीवित भएर जानुपर्नेछ । info
التفاسير:

external-link copy
16 : 67

ءَاَمِنْتُمْ مَّنْ فِی السَّمَآءِ اَنْ یَّخْسِفَ بِكُمُ الْاَرْضَ فَاِذَا هِیَ تَمُوْرُ ۟ۙ

१६) के तिमी यस कुराबाट निश्चिन्त छौ कि आकाशवालाले तिमीलाई धरतीमा गाडिदेओस् अनि त्यसबेला पृथ्वीमा कम्पन हुनथालोस् । info
التفاسير:

external-link copy
17 : 67

اَمْ اَمِنْتُمْ مَّنْ فِی السَّمَآءِ اَنْ یُّرْسِلَ عَلَیْكُمْ حَاصِبًا ؕ— فَسَتَعْلَمُوْنَ كَیْفَ نَذِیْرِ ۟

१७) वा के तिमी यस कुराबाट निश्चिन्त छौ कि आकाशवालाले तिमीमाथि पथरको वर्षा गरिदेओस् ? अनि तिमीलाई थाहा भइहाल्नेछ कि मेरो चेतावनी कस्तो थियो । info
التفاسير:

external-link copy
18 : 67

وَلَقَدْ كَذَّبَ الَّذِیْنَ مِنْ قَبْلِهِمْ فَكَیْفَ كَانَ نَكِیْرِ ۟

१८) र यिनीभन्दा पहिलाका मानिसहरूले पनि झूठा ठहराएका थिए, अतः हेरिहाल कि उनीमाथि मेरो यातना कस्तो भयो ? info
التفاسير:

external-link copy
19 : 67

اَوَلَمْ یَرَوْا اِلَی الطَّیْرِ فَوْقَهُمْ صٰٓفّٰتٍ وَّیَقْبِضْنَ ؕۘؔ— مَا یُمْسِكُهُنَّ اِلَّا الرَّحْمٰنُ ؕ— اِنَّهٗ بِكُلِّ شَیْءٍ بَصِیْرٌ ۟

१९) के यिनीहरूले आफ्ना टाउकाहरूमाथि पखेटा फैलाएर वा खुम्च्याएर उडिराखेका पंक्षिहरूलाई देखेनन् ? अल्लाहले नै उनीहरूलाई हावामा थामिराखेको हुन्छ । निःसन्देह त्यसले हरेक कुरालाई देखिराखेको छ । info
التفاسير:

external-link copy
20 : 67

اَمَّنْ هٰذَا الَّذِیْ هُوَ جُنْدٌ لَّكُمْ یَنْصُرُكُمْ مِّنْ دُوْنِ الرَّحْمٰنِ ؕ— اِنِ الْكٰفِرُوْنَ اِلَّا فِیْ غُرُوْرٍ ۟ۚ

२०) अल्लाह बाहेक तिम्रो कुन चाहिं सेना छ, जसले तिम्रो सहायता गर्न सकोस् । काफिरहरू त भ्रममा छन् । info
التفاسير:

external-link copy
21 : 67

اَمَّنْ هٰذَا الَّذِیْ یَرْزُقُكُمْ اِنْ اَمْسَكَ رِزْقَهٗ ۚ— بَلْ لَّجُّوْا فِیْ عُتُوٍّ وَّنُفُوْرٍ ۟

२१) यदि अल्लाहले आफ्नो जीविका बन्द गरिदिन्छ भने भन त्यो को हो जसले तिमीलाई जीविका दिन्छ ? तर यिनीहरू अटेरीपना र घृणामा अल्झेका छन् । info
التفاسير:

external-link copy
22 : 67

اَفَمَنْ یَّمْشِیْ مُكِبًّا عَلٰی وَجْهِهٖۤ اَهْدٰۤی اَمَّنْ یَّمْشِیْ سَوِیًّا عَلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟

२२) त्यो व्यक्ति बढी मार्गदर्शन प्राप्त गरेको छ जो टाउको टेकेर हिँडछ वा त्यो व्यक्ति जसले सोझो (खुट्टा टेकेर) बाटोमा हिंड्छ ? info
التفاسير:

external-link copy
23 : 67

قُلْ هُوَ الَّذِیْۤ اَنْشَاَكُمْ وَجَعَلَ لَكُمُ السَّمْعَ وَالْاَبْصَارَ وَالْاَفْـِٕدَةَ ؕ— قَلِیْلًا مَّا تَشْكُرُوْنَ ۟

२३) भनिदिनुस् त्यो अल्लाह नै हो, जसले तिमीलाई पैदा गर्यो र तिम्रा कान, आँखा र हृदयको रचना गर्यो तर तिमीले कम कृतज्ञता देखाउँछौ । info
التفاسير:

external-link copy
24 : 67

قُلْ هُوَ الَّذِیْ ذَرَاَكُمْ فِی الْاَرْضِ وَاِلَیْهِ تُحْشَرُوْنَ ۟

२४) भनिदिनुस् कि उही हो, जसले तिमीलाई धरतीमा फैलायो र उसैको सामु तिमीहरू एकत्रित गरिनेछौ । info
التفاسير:

external-link copy
25 : 67

وَیَقُوْلُوْنَ مَتٰی هٰذَا الْوَعْدُ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟

२५) काफिरहरूले भन्दछन्ः कि यदि तिमी साँचो हौ भने त्यो वाचा कहिले हुनेछ बताऊ ? info
التفاسير:

external-link copy
26 : 67

قُلْ اِنَّمَا الْعِلْمُ عِنْدَ اللّٰهِ ۪— وَاِنَّمَاۤ اَنَا نَذِیْرٌ مُّبِیْنٌ ۟

२६) तपाई भनिदिनुस् कि यसको ज्ञान त मात्र अल्लाहलाई नै छ र म स्पष्टरूपले डर सुनाउनेवाला हूँ । info
التفاسير:

external-link copy
27 : 67

فَلَمَّا رَاَوْهُ زُلْفَةً سِیْٓـَٔتْ وُجُوْهُ الَّذِیْنَ كَفَرُوْا وَقِیْلَ هٰذَا الَّذِیْ كُنْتُمْ بِهٖ تَدَّعُوْنَ ۟

२७) जब उनीहरूले त्यस वाचालाई नजिकबाट हेर्नेछन् त काफिहरूको अनुहार त्यसबेला बिग्रीनेछ र उनीहरूसित भनिनेछ कि यो त्यही हो जसको तिमीले मांग गर्ने गर्दथ्यौ । info
التفاسير:

external-link copy
28 : 67

قُلْ اَرَءَیْتُمْ اِنْ اَهْلَكَنِیَ اللّٰهُ وَمَنْ مَّعِیَ اَوْ رَحِمَنَا ۙ— فَمَنْ یُّجِیْرُ الْكٰفِرِیْنَ مِنْ عَذَابٍ اَلِیْمٍ ۟

२८) तपाई भनिदिनुस् कि हेर यदि अल्लाहले मलाई र मेरा साथीहरूलाई नष्ट गरिदेओस् वा हामीमाथि दया गरोस्, त को छ जसले काफिरहरूलाई दुःखद यातनाबाट बचाउन सक्दछ ? info
التفاسير:

external-link copy
29 : 67

قُلْ هُوَ الرَّحْمٰنُ اٰمَنَّا بِهٖ وَعَلَیْهِ تَوَكَّلْنَا ۚ— فَسَتَعْلَمُوْنَ مَنْ هُوَ فِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟

२९) तपाई भनिदिनुस् कि उही अल्लाह–रहमान हो, हामीले उसैमाथि ईमान ल्याएका छौं र उसैमाथि भरोसा गर्दछौं । तिमीलाई छिट्टै थाहा भइहाल्ने छ कि खुल्ला मार्ग विचलिनमा को छ ? info
التفاسير:

external-link copy
30 : 67

قُلْ اَرَءَیْتُمْ اِنْ اَصْبَحَ مَآؤُكُمْ غَوْرًا فَمَنْ یَّاْتِیْكُمْ بِمَآءٍ مَّعِیْنٍ ۟۠

३०) तपाई भनिदिनुस् कि यो त बताऊ कि यदि तिम्रो (पिउने) पानी सुखिहाल्छ भने को छ जसले तिमीलाई निर्मल जल प्रवाहित गरिदिनेछ ? info
التفاسير: