કુરઆન મજીદના શબ્દોનું ભાષાંતર - નેપાલી ભાષામાં અનુવાદ - જમઇય્યતે અહલે હદીષ

त्तगाबुन

external-link copy
1 : 64

یُسَبِّحُ لِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ۚ— لَهُ الْمُلْكُ وَلَهُ الْحَمْدُ ؗ— وَهُوَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟

१) (त्यो प्रत्येक कुरो) जुन आकाशमा छन् र धरतीमा छन्, अल्लाहकै पवित्रताको वर्णन गर्दछन् । उसैको सत्ता छ र प्रशंसा पनि, र ऊ हरेक कुरामाथि सामर्थवान छ ! info
التفاسير:

external-link copy
2 : 64

هُوَ الَّذِیْ خَلَقَكُمْ فَمِنْكُمْ كَافِرٌ وَّمِنْكُمْ مُّؤْمِنٌ ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ بَصِیْرٌ ۟

२) उसैले तिमीलाई सृष्टि गर्यो, अनि तिमीमध्ये केही इन्कार गर्नेवाला छन् र केही ईमानवाला छन् र तिमीले जे गर्दछौ अल्लाह त्यसलाई राम्ररी जान्दछ । info
التفاسير:

external-link copy
3 : 64

خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ بِالْحَقِّ وَصَوَّرَكُمْ فَاَحْسَنَ صُوَرَكُمْ ۚ— وَاِلَیْهِ الْمَصِیْرُ ۟

३) उसैले आकाशहरू र धरतीलाई इन्साफ र कारीगरीको साथ सृष्टि गर्यो र तिम्रो रूप बनायो, र राम्रो बनायो र उसैतिर अन्ततः जानुछ । info
التفاسير:

external-link copy
4 : 64

یَعْلَمُ مَا فِی السَّمٰوٰتِ وَالْاَرْضِ وَیَعْلَمُ مَا تُسِرُّوْنَ وَمَا تُعْلِنُوْنَ ؕ— وَاللّٰهُ عَلِیْمٌۢ بِذَاتِ الصُّدُوْرِ ۟

४) जे–जति आकाशहरूमा र जमिनमा छन् उसले सबै जान्दछ । र जे–जति तिमीले लुकाउँछौ र खुल्ला गर्दछौ, सबै जान्दछ । र अल्लाह त छातीभित्रको कुरा पनि जान्दछ । info
التفاسير:

external-link copy
5 : 64

اَلَمْ یَاْتِكُمْ نَبَؤُا الَّذِیْنَ كَفَرُوْا مِنْ قَبْلُ ؗ— فَذَاقُوْا وَبَالَ اَمْرِهِمْ وَلَهُمْ عَذَابٌ اَلِیْمٌ ۟

५) के तिमीलाई यसभन्दा पहिलाका काफिरहरूको समाचार पुगेन ? जो आफ्ना कर्महरूको स्वाद चाखिसके र जसको लागि कठोर यातना छ । info
التفاسير:

external-link copy
6 : 64

ذٰلِكَ بِاَنَّهٗ كَانَتْ تَّاْتِیْهِمْ رُسُلُهُمْ بِالْبَیِّنٰتِ فَقَالُوْۤا اَبَشَرٌ یَّهْدُوْنَنَا ؗ— فَكَفَرُوْا وَتَوَلَّوْا وَّاسْتَغْنَی اللّٰهُ ؕ— وَاللّٰهُ غَنِیٌّ حَمِیْدٌ ۟

६) यो यसकारण कि उनीहरूको नजिकमा संदेष्टाहरूले खुल्ला निशानीहरू लिएर आए, तब तिनीहरूले भन्दथे कि के मनुष्य हाम्रो पथप्रदर्शन गर्नेछ ? तसर्थ मानेनन् र विमुख भइहाले, तब अल्लाहले पनि उनीहरूबाट बेपर्वाह भइहाल्यो र अल्लाह निस्पृह (र) सर्वगुण सम्पन्न छ । info
التفاسير:

external-link copy
7 : 64

زَعَمَ الَّذِیْنَ كَفَرُوْۤا اَنْ لَّنْ یُّبْعَثُوْا ؕ— قُلْ بَلٰی وَرَبِّیْ لَتُبْعَثُنَّ ثُمَّ لَتُنَبَّؤُنَّ بِمَا عَمِلْتُمْ ؕ— وَذٰلِكَ عَلَی اللّٰهِ یَسِیْرٌ ۟

७) ती काफिरहरूले सोचे कि उनीहरू पुनः जीवित गरिने छैनन् । तपाई भनिदिनुस् कि हो, मेरो पालनकर्ताको कसम ! तिमी अवश्य नै उठाइने छौ, अनि जुन काम तिमीले गर्दै आएका छौ, तिमीलाई बताइने छ र यो अल्लाहको लागि अत्यन्त सरल छ । info
التفاسير:

external-link copy
8 : 64

فَاٰمِنُوْا بِاللّٰهِ وَرَسُوْلِهٖ وَالنُّوْرِ الَّذِیْۤ اَنْزَلْنَا ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ خَبِیْرٌ ۟

८) तसर्थ तिमीले अल्लाह र उसको रसूलमाथि र त्यस प्रकाशमाथि जुन हामीले अवतरित गरेका छौं ईमान ल्याऊ, र अल्लाह तिम्रो सम्पूर्ण क्रियाकलापबाट अवगत छ । info
التفاسير:

external-link copy
9 : 64

یَوْمَ یَجْمَعُكُمْ لِیَوْمِ الْجَمْعِ ذٰلِكَ یَوْمُ التَّغَابُنِ ؕ— وَمَنْ یُّؤْمِنْ بِاللّٰهِ وَیَعْمَلْ صَالِحًا یُّكَفِّرْ عَنْهُ سَیِّاٰتِهٖ وَیُدْخِلْهُ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَاۤ اَبَدًا ؕ— ذٰلِكَ الْفَوْزُ الْعَظِیْمُ ۟

९) जुन दिन उसले तिमी सबैलाई एकत्रित हुने दिन एकत्रित गर्नेछ, त्यो हार र जीतको दिन हुनेछ र जसले अल्लाहमाथि ईमान ल्याए र असल कर्म गरे, उसले उनीबाट उनका नराम्रा कुराहरू हटाइदिनेछ र उनलाई स्वर्गको बागहरूमा जसमुनि नहरहरू बगिराखेका छन्, प्रविष्ट गराउनेछ, तिनीहरू सधैं त्यसमा रहनेछन् । यो ठूलो सफलता हो । info
التفاسير: