કુરઆન મજીદના શબ્દોનું ભાષાંતર - નેપાલી ભાષામાં અનુવાદ - જમઇય્યતે અહલે હદીષ

जुमुअः

external-link copy
1 : 62

یُسَبِّحُ لِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ الْمَلِكِ الْقُدُّوْسِ الْعَزِیْزِ الْحَكِیْمِ ۟

१) आकाशहरू र धरतीमा भएका सबै कुराले अल्लाहको पवित्रताको गुणगान गर्छन् जो पवित्र सम्राट अधिपत्यशाली र तत्वदर्शी छ । info
التفاسير:

external-link copy
2 : 62

هُوَ الَّذِیْ بَعَثَ فِی الْاُمِّیّٖنَ رَسُوْلًا مِّنْهُمْ یَتْلُوْا عَلَیْهِمْ اٰیٰتِهٖ وَیُزَكِّیْهِمْ وَیُعَلِّمُهُمُ الْكِتٰبَ وَالْحِكْمَةَ ۗ— وَاِنْ كَانُوْا مِنْ قَبْلُ لَفِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟ۙ

२) उही हो जसले उम्मिहरूमा (अनपढहरूमा) तिनीहरूमध्येबाट एउटा रसूल पठायो । जसले उनको सामु उसका आयतहरू पढेर सुनाउँछ र उनीलाई पवित्र गर्दछ र उनीहरूलाई किताब र तत्वदर्शीता सिकाउँदछ, र निःसन्देह यसभन्दा पहिला यी मानिसहरू खुल्ला मार्गविचलनमा थिए । info
التفاسير:

external-link copy
3 : 62

وَّاٰخَرِیْنَ مِنْهُمْ لَمَّا یَلْحَقُوْا بِهِمْ ؕ— وَهُوَ الْعَزِیْزُ الْحَكِیْمُ ۟

३) र ती अन्य मानिसहरूको लागि पनि जो अझै उनीसित भेटेका छैनन्, उनीहरूमध्यकै हुनेछन् । र ऊ अधिपत्यशाली, तत्वदर्शी छ । info
التفاسير:

external-link copy
4 : 62

ذٰلِكَ فَضْلُ اللّٰهِ یُؤْتِیْهِ مَنْ یَّشَآءُ ؕ— وَاللّٰهُ ذُو الْفَضْلِ الْعَظِیْمِ ۟

४) यो अल्लाहको उदार अनुग्रह हो, जसलाई चाहन्छ, त्यसलाई प्रदान गर्दछ । र अल्लाह अपार अनुग्रहको स्वामी छ । info
التفاسير:

external-link copy
5 : 62

مَثَلُ الَّذِیْنَ حُمِّلُوا التَّوْرٰىةَ ثُمَّ لَمْ یَحْمِلُوْهَا كَمَثَلِ الْحِمَارِ یَحْمِلُ اَسْفَارًا ؕ— بِئْسَ مَثَلُ الْقَوْمِ الَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِ اللّٰهِ ؕ— وَاللّٰهُ لَا یَهْدِی الْقَوْمَ الظّٰلِمِیْنَ ۟

५) जुन मानिसहरूलाई तौरेत अनुरूप आचरण कार्यान्वयन गर्न आदेश दिइयो अनि उनीहरूले त्यसको पालना गरेनन् । त उनको दृष्टान्त त्यस गदहाको जस्तो छ । जसले धेरै किताब बोकेको छ । साह्रै नै नराम्रो उदाहरण छ ती मानिसहरूको जसले अल्लाहका आयतहरूलाई झुठलाए । अल्लाहले यस्ता अत्याचारीहरूलाई सोझो मार्ग देखाउँदैनन् । info
التفاسير:

external-link copy
6 : 62

قُلْ یٰۤاَیُّهَا الَّذِیْنَ هَادُوْۤا اِنْ زَعَمْتُمْ اَنَّكُمْ اَوْلِیَآءُ لِلّٰهِ مِنْ دُوْنِ النَّاسِ فَتَمَنَّوُا الْمَوْتَ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟

६) भनीदिनुस् कि हे यहूदीहरू ! यदि तिमीले यो दाबी गर्छौ कि अरु मानिसहरूभन्दा तिमी नै अल्लाहको प्रेमपात्र हौ भने मृत्युको कामना गर, यदि तिमी साँचो हौ । info
التفاسير:

external-link copy
7 : 62

وَلَا یَتَمَنَّوْنَهٗۤ اَبَدًا بِمَا قَدَّمَتْ اَیْدِیْهِمْ ؕ— وَاللّٰهُ عَلِیْمٌۢ بِالظّٰلِمِیْنَ ۟

७) यिनीहरूले आफ्ना कर्महरूको कारणले, जुन गरिसकेछन्, कहिल्यै यसको कामना गर्ने छैनन् र अल्लाह अत्याचारीहरूलाई राम्ररी जान्दछ । info
التفاسير:

external-link copy
8 : 62

قُلْ اِنَّ الْمَوْتَ الَّذِیْ تَفِرُّوْنَ مِنْهُ فَاِنَّهٗ مُلٰقِیْكُمْ ثُمَّ تُرَدُّوْنَ اِلٰی عٰلِمِ الْغَیْبِ وَالشَّهَادَةِ فَیُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟۠

८) भनिदिनुस् ! कि जुन मृत्युसित तिमी भाग्दछौ, त्यो त तिम्रो सामु आएर नै छाड्छ, अनि तिमी अदृश्य र प्रकटको जान्नेवाला (अल्लाह) तिर फर्काइनेछौ, अनि जे–जति तिमीले गरिराखेका छौ उसले तिमीलाई सबै बताउनेछ । info
التفاسير:

external-link copy
9 : 62

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِذَا نُوْدِیَ لِلصَّلٰوةِ مِنْ یَّوْمِ الْجُمُعَةِ فَاسْعَوْا اِلٰی ذِكْرِ اللّٰهِ وَذَرُوا الْبَیْعَ ؕ— ذٰلِكُمْ خَیْرٌ لَّكُمْ اِنْ كُنْتُمْ تَعْلَمُوْنَ ۟

९) हे मोमिन्हरू ! जब शुक्रबारको दिन जुम्आको नमाजको निम्ति अजान दिइन्छ, तब तिमी अल्लाहको स्मरणको निम्ति दगुरिहाल र किन्न वा बेच्न छाडिदेऊ । यो तिम्रो निम्ति राम्रो छ यदि तिमीले बुझ्छौ । info
التفاسير:

external-link copy
10 : 62

فَاِذَا قُضِیَتِ الصَّلٰوةُ فَانْتَشِرُوْا فِی الْاَرْضِ وَابْتَغُوْا مِنْ فَضْلِ اللّٰهِ وَاذْكُرُوا اللّٰهَ كَثِیْرًا لَّعَلَّكُمْ تُفْلِحُوْنَ ۟

१०) अनि जब नमाज पूरा भइहालोस् तब आ–आफ्नो बाटो लाग र अल्लाहको उदार अनुग्रह खोज, र अल्लाहलाई धेरै स्मरण गर्नेगर ताकि तिमी सफल होऊ । info
التفاسير:

external-link copy
11 : 62

وَاِذَا رَاَوْا تِجَارَةً اَوْ لَهْوَا ١نْفَضُّوْۤا اِلَیْهَا وَتَرَكُوْكَ قَآىِٕمًا ؕ— قُلْ مَا عِنْدَ اللّٰهِ خَیْرٌ مِّنَ اللَّهْوِ وَمِنَ التِّجَارَةِ ؕ— وَاللّٰهُ خَیْرُ الرّٰزِقِیْنَ ۟۠

११) तर जब उनीहरूले व्यापार र खेल तमाशा देख्दछन् तब उसैतिर दगुरिहाल्छन् र तपाईलाई उभेको अवस्थामा छाडिदिन्छन् । भनिदिनुस् कि जे–जति अल्लाहको पासमा छ त्यो तमाशा र व्यापारभन्दा कैयौं गुणा राम्रो छ । र अल्लाह सबभन्दा राम्रो आजीविका प्रदान गर्नेवाला छ । info
التفاسير: