કુરઆન મજીદના શબ્દોનું ભાષાંતર - નેપાલી ભાષામાં અનુવાદ - જમઇય્યતે અહલે હદીષ

वाकियह

external-link copy
1 : 56

اِذَا وَقَعَتِ الْوَاقِعَةُ ۟ۙ

१) जब कियामत घटित भइहाल्ने छ । info
التفاسير:

external-link copy
2 : 56

لَیْسَ لِوَقْعَتِهَا كَاذِبَةٌ ۟ۘ

२) त्यसको घटित हुने कुरामा केही असत्य छैन । info
التفاسير:

external-link copy
3 : 56

خَافِضَةٌ رَّافِعَةٌ ۟ۙ

३) कसैलाई तल झार्ने, कसैलाई माथि उचाल्ने हुनेछ । info
التفاسير:

external-link copy
4 : 56

اِذَا رُجَّتِ الْاَرْضُ رَجًّا ۟ۙ

४) जब धरती भूकम्पको साथ कम्पित गराइनेछ । info
التفاسير:

external-link copy
5 : 56

وَّبُسَّتِ الْجِبَالُ بَسًّا ۟ۙ

५) र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् । info
التفاسير:

external-link copy
6 : 56

فَكَانَتْ هَبَآءً مُّنْۢبَثًّا ۟ۙ

६) अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् । info
التفاسير:

external-link copy
7 : 56

وَّكُنْتُمْ اَزْوَاجًا ثَلٰثَةً ۟ؕ

७) र तिमीहरू तीन समूहमा परिणत हुनेछौ । info
التفاسير:

external-link copy
8 : 56

فَاَصْحٰبُ الْمَیْمَنَةِ ۙ۬— مَاۤ اَصْحٰبُ الْمَیْمَنَةِ ۟ؕ

८) त दाहिना हातवालाहरू, दाहिना हातवालाहरू कस्तो सौभाग्यशाली छन् । info
التفاسير:

external-link copy
9 : 56

وَاَصْحٰبُ الْمَشْـَٔمَةِ ۙ۬— مَاۤ اَصْحٰبُ الْمَشْـَٔمَةِ ۟ؕ

९) र बाँया हातवालाहरू अफशोच बाँया हातवालाहरूको कस्तो हालत छ । info
التفاسير:

external-link copy
10 : 56

وَالسّٰبِقُوْنَ السّٰبِقُوْنَ ۟ۙ

१०) र जो अगाडिवाला छन् उनीहरू त अगाडिवाला नै हुन् । info
التفاسير:

external-link copy
11 : 56

اُولٰٓىِٕكَ الْمُقَرَّبُوْنَ ۟ۚ

११) तिनीहरू बिल्कुल (अल्लाहको) सामिप्यता प्राप्त हुन् । info
التفاسير:

external-link copy
12 : 56

فِیْ جَنّٰتِ النَّعِیْمِ ۟

१२) अनुकम्पाले भरिएको जन्नतमा छन् । info
التفاسير:

external-link copy
13 : 56

ثُلَّةٌ مِّنَ الْاَوَّلِیْنَ ۟ۙ

१३) धेरै ठूलो समूह त अघिका मानिसहरूको हुनेछ । info
التفاسير:

external-link copy
14 : 56

وَقَلِیْلٌ مِّنَ الْاٰخِرِیْنَ ۟ؕ

१४) र थोरै पछिकाहरूमध्येबाट । info
التفاسير:

external-link copy
15 : 56

عَلٰی سُرُرٍ مَّوْضُوْنَةٍ ۟ۙ

१५) यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि । info
التفاسير:

external-link copy
16 : 56

مُّتَّكِـِٕیْنَ عَلَیْهَا مُتَقٰبِلِیْنَ ۟

१६) एक अर्काको सामुन्ने अडेस लगाएर बसेका हुनेछन् । info
التفاسير:

external-link copy
17 : 56

یَطُوْفُ عَلَیْهِمْ وِلْدَانٌ مُّخَلَّدُوْنَ ۟ۙ

१७) उनी समक्ष किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउँदैजाँदै गर्नेछन् । info
التفاسير:

external-link copy
18 : 56

بِاَكْوَابٍ وَّاَبَارِیْقَ ۙ۬— وَكَاْسٍ مِّنْ مَّعِیْنٍ ۟ۙ

१८) अर्थात् प्याला र जगमा स्वादिलो पेयले भरिएको पात्र लिएर हिंडिरहने छन् । info
التفاسير:

external-link copy
19 : 56

لَّا یُصَدَّعُوْنَ عَنْهَا وَلَا یُنْزِفُوْنَ ۟ۙ

१९) जसलार्इ पिएर न त टाउकोमा दर्द हुनेछ र न उनको बुद्धिमा विकार आउनेछ । info
التفاسير:

external-link copy
20 : 56

وَفَاكِهَةٍ مِّمَّا یَتَخَیَّرُوْنَ ۟ۙ

२०) र त्यस्ता फलहरूको साथ जुन कि उनले रुचाउँछन् । info
التفاسير:

external-link copy
21 : 56

وَلَحْمِ طَیْرٍ مِّمَّا یَشْتَهُوْنَ ۟ؕ

२१) र पंक्षीका मासु जुन तिनीहरूले रुचाउँछन् । info
التفاسير:

external-link copy
22 : 56

وَحُوْرٌ عِیْنٌ ۟ۙ

२२) र ठूला–ठूला आँखा भएकी अप्सराहरू, info
التفاسير:

external-link copy
23 : 56

كَاَمْثَالِ اللُّؤْلُو الْمَكْنُوْنِ ۟ۚ

२३) जो लुकेको मोती जस्ती हुनेछिन् । info
التفاسير:

external-link copy
24 : 56

جَزَآءً بِمَا كَانُوْا یَعْمَلُوْنَ ۟

२४) यो उनीहरूको कर्मको प्रतिफल हो । info
التفاسير:

external-link copy
25 : 56

لَا یَسْمَعُوْنَ فِیْهَا لَغْوًا وَّلَا تَاْثِیْمًا ۟ۙ

२५) त्यहाँ न व्यर्थका कुरा सुन्नेछन् र न पापका । info
التفاسير:

external-link copy
26 : 56

اِلَّا قِیْلًا سَلٰمًا سَلٰمًا ۟

२६) उनीहरूको आपसमा सलामको आदान–प्रदान मात्र हुनेछ । info
التفاسير:

external-link copy
27 : 56

وَاَصْحٰبُ الْیَمِیْنِ ۙ۬— مَاۤ اَصْحٰبُ الْیَمِیْنِ ۟ؕ

२७) र दाहिना हातवालाहरू निकै (भाग्यशाली) हुनेछन् । info
التفاسير:

external-link copy
28 : 56

فِیْ سِدْرٍ مَّخْضُوْدٍ ۟ۙ

२८) उनी काँडा नभएका बयरहरू, info
التفاسير:

external-link copy
29 : 56

وَّطَلْحٍ مَّنْضُوْدٍ ۟ۙ

२९) र गुच्छेदार केराहरू, info
التفاسير:

external-link copy
30 : 56

وَّظِلٍّ مَّمْدُوْدٍ ۟ۙ

३०) र परसम्म फैलिएका छाँयाहरू, info
التفاسير:

external-link copy
31 : 56

وَّمَآءٍ مَّسْكُوْبٍ ۟ۙ

३१) र पानीका झरनाहरू, info
التفاسير:

external-link copy
32 : 56

وَّفَاكِهَةٍ كَثِیْرَةٍ ۟ۙ

३२) र प्रशस्त फलहरूमा (हुनेछन्), info
التفاسير:

external-link copy
33 : 56

لَّا مَقْطُوْعَةٍ وَّلَا مَمْنُوْعَةٍ ۟ۙ

३३) जुन कहिल्यै समाप्त हुने छैनन् र उनीबाट कसैले रोक्नेछैन । info
التفاسير:

external-link copy
34 : 56

وَّفُرُشٍ مَّرْفُوْعَةٍ ۟ؕ

३४) र अग्ला, अग्ला ओछ्यानमा हुनेछन् । info
التفاسير:

external-link copy
35 : 56

اِنَّاۤ اَنْشَاْنٰهُنَّ اِنْشَآءً ۟ۙ

३५) हामीले उनीहरूका स्वास्नीहरूलाई विशेष प्रकारले सृष्टि गरेका छौं । info
التفاسير:

external-link copy
36 : 56

فَجَعَلْنٰهُنَّ اَبْكَارًا ۟ۙ

३६) अनि उनीहरूलाई हामीले कुमारी (पवित्र) बनायौं । info
التفاسير:

external-link copy
37 : 56

عُرُبًا اَتْرَابًا ۟ۙ

३७) समान उमेरकी र मायालु । info
التفاسير:

external-link copy
38 : 56

لِّاَصْحٰبِ الْیَمِیْنِ ۟ؕ۠

३८) दाहिने हातवालाहरूको निम्ति हुन् । info
التفاسير:

external-link copy
39 : 56

ثُلَّةٌ مِّنَ الْاَوَّلِیْنَ ۟ۙ

३९) यिनीहरूमा अघिल्लामध्येका पनि धेरै हुनेछन् । info
التفاسير:

external-link copy
40 : 56

وَثُلَّةٌ مِّنَ الْاٰخِرِیْنَ ۟ؕ

४०) र पछिल्लामध्येका पनि धेरै हुनेछन्, info
التفاسير:

external-link copy
41 : 56

وَاَصْحٰبُ الشِّمَالِ ۙ۬— مَاۤ اَصْحٰبُ الشِّمَالِ ۟ؕ

४१) र बाँया हातवालाहरू, (अफशोच) बाँया हातवाला कस्ता छन् । info
التفاسير:

external-link copy
42 : 56

فِیْ سَمُوْمٍ وَّحَمِیْمٍ ۟ۙ

४२) गर्म (तातो) हवा र उम्लिराखेको पानीमा हुनेछन् । info
التفاسير:

external-link copy
43 : 56

وَّظِلٍّ مِّنْ یَّحْمُوْمٍ ۟ۙ

४३) र कालो धुवाँको छाँयामा, info
التفاسير:

external-link copy
44 : 56

لَّا بَارِدٍ وَّلَا كَرِیْمٍ ۟

४४) जुन न चिसो छ न रुचाउने योग्य । info
التفاسير:

external-link copy
45 : 56

اِنَّهُمْ كَانُوْا قَبْلَ ذٰلِكَ مُتْرَفِیْنَ ۟ۚۖ

४५) निःसंदेह उनीहरू यसभन्दा पहिला धेरै सुख सुविधामा थिए । info
التفاسير:

external-link copy
46 : 56

وَكَانُوْا یُصِرُّوْنَ عَلَی الْحِنْثِ الْعَظِیْمِ ۟ۚ

४६) र ठूला–ठूला पापहरू गर्दै बसेका थिए, info
التفاسير:

external-link copy
47 : 56

وَكَانُوْا یَقُوْلُوْنَ ۙ۬— اَىِٕذَا مِتْنَا وَكُنَّا تُرَابًا وَّعِظَامًا ءَاِنَّا لَمَبْعُوْثُوْنَ ۟ۙ

४७) र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं र माटो र हाड भइहाल्ने छौं, हामी फेरि उठाइने छौं ? info
التفاسير:

external-link copy
48 : 56

اَوَاٰبَآؤُنَا الْاَوَّلُوْنَ ۟

४८) र के हाम्रा बाबु बाजे पनि ? info
التفاسير:

external-link copy
49 : 56

قُلْ اِنَّ الْاَوَّلِیْنَ وَالْاٰخِرِیْنَ ۟ۙ

४९) तपाई भनिदिनुस् कि निःसन्देह पहिला र पछिका, info
التفاسير:

external-link copy
50 : 56

لَمَجْمُوْعُوْنَ ۙ۬— اِلٰی مِیْقَاتِ یَوْمٍ مَّعْلُوْمٍ ۟

५०) सबै एउटा निर्धारित दिनको समयमा अवश्य एकत्रित गरिनेछन् । info
التفاسير:

external-link copy
51 : 56

ثُمَّ اِنَّكُمْ اَیُّهَا الضَّآلُّوْنَ الْمُكَذِّبُوْنَ ۟ۙ

५१) अनि तिमी हे असत्य ठहराउनेवाला पथ विचलितहरू, info
التفاسير:

external-link copy
52 : 56

لَاٰكِلُوْنَ مِنْ شَجَرٍ مِّنْ زَقُّوْمٍ ۟ۙ

५२) थूहर (क्याक्टस) को वृक्ष खानेछौ । info
التفاسير:

external-link copy
53 : 56

فَمَالِـُٔوْنَ مِنْهَا الْبُطُوْنَ ۟ۚ

५३) र यसैले पेट भर्नेछौ ! info
التفاسير:

external-link copy
54 : 56

فَشٰرِبُوْنَ عَلَیْهِ مِنَ الْحَمِیْمِ ۟ۚ

५४) र यसमाथि उम्लिराखेको पानी पिउनेछौ ! info
التفاسير:

external-link copy
55 : 56

فَشٰرِبُوْنَ شُرْبَ الْهِیْمِ ۟ؕ

५५) र पिउँदा पनि (यसप्रकार पिउनेछौं जस्तो कि) तिर्खाएको ऊँट जस्तो ! info
التفاسير:

external-link copy
56 : 56

هٰذَا نُزُلُهُمْ یَوْمَ الدِّیْنِ ۟ؕ

५६) कियामतको दिन उनीहरूको सत्कार हो यो ! info
التفاسير:

external-link copy
57 : 56

نَحْنُ خَلَقْنٰكُمْ فَلَوْلَا تُصَدِّقُوْنَ ۟

५७) हामीले तिमी सबैलाई सृष्टि गरेका हौं, तसर्थ तिमीले किन (सत्य) मान्दैनौ ? info
التفاسير:

external-link copy
58 : 56

اَفَرَءَیْتُمْ مَّا تُمْنُوْنَ ۟ؕ

५८) हेर जुन तिमीले वीर्य (स्वास्नीमा) छाड्छौ ! info
التفاسير:

external-link copy
59 : 56

ءَاَنْتُمْ تَخْلُقُوْنَهٗۤ اَمْ نَحْنُ الْخٰلِقُوْنَ ۟

५९) के तिमीले त्यसबाट मानिसको सृष्टि गर्दछौ वा हामीले नै सृष्टि गर्दछौं ! info
التفاسير:

external-link copy
60 : 56

نَحْنُ قَدَّرْنَا بَیْنَكُمُ الْمَوْتَ وَمَا نَحْنُ بِمَسْبُوْقِیْنَ ۟ۙ

६०) हामीले नै तिमीमा मृत्यु निर्धारित गरिदिएका छौं र हामी त्यसबाट हारेका होइनौं । info
التفاسير:

external-link copy
61 : 56

عَلٰۤی اَنْ نُّبَدِّلَ اَمْثَالَكُمْ وَنُنْشِئَكُمْ فِیْ مَا لَا تَعْلَمُوْنَ ۟

६१) कि हामीले तिम्रो ठाउँमा अरु तिमीहरू जस्तालाई पैदा गर्न सक्छौ र तिमीलाई नयाँ रूपमा त्यस संसारमा पैदा गरिदिन्छौं जसको बारेमा तिमलिाई थाहा छैन । info
التفاسير:

external-link copy
62 : 56

وَلَقَدْ عَلِمْتُمُ النَّشْاَةَ الْاُوْلٰی فَلَوْلَا تَذَكَّرُوْنَ ۟

६२) तिमीलाई पहिलो पटकको जन्म थाहा छ, अनि तिमीले किन शिक्षा ग्रहण गर्दैनौ ? info
التفاسير:

external-link copy
63 : 56

اَفَرَءَیْتُمْ مَّا تَحْرُثُوْنَ ۟ؕ

६३) अनि यो पनि बताऊ जुन तिमीले उब्जाउँछौ ? info
التفاسير:

external-link copy
64 : 56

ءَاَنْتُمْ تَزْرَعُوْنَهٗۤ اَمْ نَحْنُ الزّٰرِعُوْنَ ۟

६४) के तिमीले नै त्यसलाई उब्जाउछौं वा हामी उब्जाउनेवाला हौं ? info
التفاسير:

external-link copy
65 : 56

لَوْ نَشَآءُ لَجَعَلْنٰهُ حُطَامًا فَظَلْتُمْ تَفَكَّهُوْنَ ۟

६५) यदि हामीले चाह्यौं भने त्यसलाई भुसा गरिदिन्छौं र तिमी कुरा गर्दै रहनेछौ । info
التفاسير:

external-link copy
66 : 56

اِنَّا لَمُغْرَمُوْنَ ۟ۙ

६६) (कि अफशोच) हामी त सित्तैमा दण्डमा परिहाल्यौं, info
التفاسير:

external-link copy
67 : 56

بَلْ نَحْنُ مَحْرُوْمُوْنَ ۟

६७) बरु हामी बिल्कुलै वञ्चित रहयौं । info
التفاسير:

external-link copy
68 : 56

اَفَرَءَیْتُمُ الْمَآءَ الَّذِیْ تَشْرَبُوْنَ ۟ؕ

६८) अनि यो बताऊ तिमीले जुन पानीलाई पिउँछौ । info
التفاسير:

external-link copy
69 : 56

ءَاَنْتُمْ اَنْزَلْتُمُوْهُ مِنَ الْمُزْنِ اَمْ نَحْنُ الْمُنْزِلُوْنَ ۟

६९) उसलाई बादलबाट पनि तिमीले नै बर्साएका हौ वा हामीले बर्साउँछौं ? info
التفاسير:

external-link copy
70 : 56

لَوْ نَشَآءُ جَعَلْنٰهُ اُجَاجًا فَلَوْلَا تَشْكُرُوْنَ ۟

७०) यदि हामीले चाह्यौं भने त्यस पानीलाई खारा बनाइदिन्छौं ? अनि तिमीले कृतज्ञता किन प्रकट गर्दैनौ ? info
التفاسير:

external-link copy
71 : 56

اَفَرَءَیْتُمُ النَّارَ الَّتِیْ تُوْرُوْنَ ۟ؕ

७१) हेर यो पनि बताऊ कि जुन आगो तिमीले सल्काउँछौ, info
التفاسير:

external-link copy
72 : 56

ءَاَنْتُمْ اَنْشَاْتُمْ شَجَرَتَهَاۤ اَمْ نَحْنُ الْمُنْشِـُٔوْنَ ۟

७२) (के तिमीले) त्यस रुखलाई सृष्टि गर्दछौ वा हामीले त्यसको सृष्टि गरेका छौं ? info
التفاسير:

external-link copy
73 : 56

نَحْنُ جَعَلْنٰهَا تَذْكِرَةً وَّمَتَاعًا لِّلْمُقْوِیْنَ ۟ۚ

७३) हामीले उसलाई एउटा उपदेशको माध्यम र यात्रीहरू (र आवश्यक पर्नेहरूका) लागि लाभप्रद बनाएका छौं । info
التفاسير:

external-link copy
74 : 56

فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِیْمِ ۟

७४) अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गर । info
التفاسير:

external-link copy
75 : 56

فَلَاۤ اُقْسِمُ بِمَوٰقِعِ النُّجُوْمِ ۟ۙ

७५) म खस्ने ताराहरूको कसम खान्छु । info
التفاسير:

external-link copy
76 : 56

وَاِنَّهٗ لَقَسَمٌ لَّوْ تَعْلَمُوْنَ عَظِیْمٌ ۟ۙ

७६) र यदि तिमीले बुझ्छौ भने यो ठूलो कसम हो, info
التفاسير:

external-link copy
77 : 56

اِنَّهٗ لَقُرْاٰنٌ كَرِیْمٌ ۟ۙ

७७) निश्चय नै यो धेरै प्रतिष्ठित कुरआन हो, info
التفاسير:

external-link copy
78 : 56

فِیْ كِتٰبٍ مَّكْنُوْنٍ ۟ۙ

७८) जो एउटा सुरक्षित किताबमा अंकित छ । info
التفاسير:

external-link copy
79 : 56

لَّا یَمَسُّهٗۤ اِلَّا الْمُطَهَّرُوْنَ ۟ؕ

७९) त्यसलाई पवित्र (फरिश्ताहरू) मात्र हात लगाउँछन् । info
التفاسير:

external-link copy
80 : 56

تَنْزِیْلٌ مِّنْ رَّبِّ الْعٰلَمِیْنَ ۟

८०) सम्पूर्ण संसारको स्वामीको तर्फबाट अवतरित गरिएको छ । info
التفاسير:

external-link copy
81 : 56

اَفَبِهٰذَا الْحَدِیْثِ اَنْتُمْ مُّدْهِنُوْنَ ۟ۙ

८१) के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ ? info
التفاسير:

external-link copy
82 : 56

وَتَجْعَلُوْنَ رِزْقَكُمْ اَنَّكُمْ تُكَذِّبُوْنَ ۟

८२) र आफ्नो भागमा यो लिन्छौ कि यसलाई झूठो ठहराउँदै गर ? info
التفاسير:

external-link copy
83 : 56

فَلَوْلَاۤ اِذَا بَلَغَتِ الْحُلْقُوْمَ ۟ۙ

८३) अनि जब प्राण कण्ठमा आइपुग्दछ, info
التفاسير:

external-link copy
84 : 56

وَاَنْتُمْ حِیْنَىِٕذٍ تَنْظُرُوْنَ ۟ۙ

८४) र तिमीले त्यस समय आखाँले हेरिराखेका हुन्छौ, info
التفاسير:

external-link copy
85 : 56

وَنَحْنُ اَقْرَبُ اِلَیْهِ مِنْكُمْ وَلٰكِنْ لَّا تُبْصِرُوْنَ ۟

८५) र हामी त्यस बेला तिमीभन्दा धेरै नजिक हुन्छौं तर तिमीले देख्दैनौ । info
التفاسير:

external-link copy
86 : 56

فَلَوْلَاۤ اِنْ كُنْتُمْ غَیْرَ مَدِیْنِیْنَ ۟ۙ

८६) अतः यदि तिमी कसैको अधीनमा छैनौ । info
التفاسير:

external-link copy
87 : 56

تَرْجِعُوْنَهَاۤ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟

८७) र यस कुरामा यदि साँचो हौ, भने यस प्राणलाई किन फर्काउँदैनौ ? info
التفاسير:

external-link copy
88 : 56

فَاَمَّاۤ اِنْ كَانَ مِنَ الْمُقَرَّبِیْنَ ۟ۙ

८८) अनि यदि कोही (अल्लाहको) दरबारको नजीक गरिएको छ । info
التفاسير:

external-link copy
89 : 56

فَرَوْحٌ وَّرَیْحَانٌ ۙ۬— وَّجَنَّتُ نَعِیْمٍ ۟

८९) भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् । info
التفاسير:

external-link copy
90 : 56

وَاَمَّاۤ اِنْ كَانَ مِنْ اَصْحٰبِ الْیَمِیْنِ ۟ۙ

९०) र यदि ऊ दाहिने हातावालामध्येको छ भने, info
التفاسير:

external-link copy
91 : 56

فَسَلٰمٌ لَّكَ مِنْ اَصْحٰبِ الْیَمِیْنِ ۟

९१) तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ । info
التفاسير:

external-link copy
92 : 56

وَاَمَّاۤ اِنْ كَانَ مِنَ الْمُكَذِّبِیْنَ الضَّآلِّیْنَ ۟ۙ

९२) तर यदि कोही त्यो झूठा ठहराउने र मार्गबिचलितहरूमध्येको हो, info
التفاسير:

external-link copy
93 : 56

فَنُزُلٌ مِّنْ حَمِیْمٍ ۟ۙ

९३) त उसको लागि उम्लिराखेको पानीको आतिथ्य छ, info
التفاسير:

external-link copy
94 : 56

وَّتَصْلِیَةُ جَحِیْمٍ ۟

९४) र (फेरि) नर्कमा जानु छ । info
التفاسير:

external-link copy
95 : 56

اِنَّ هٰذَا لَهُوَ حَقُّ الْیَقِیْنِ ۟ۚ

९५) निःसन्देह यो (खबर) पूरै सत्य हो । info
التفاسير:

external-link copy
96 : 56

فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِیْمِ ۟۠

९६) अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गरिराख । info
التفاسير: