ترجمهٔ معانی قرآن کریم - ترجمه‌ى نپالی - انجمن اهل حديث

شماره صفحه:close

external-link copy
62 : 3

اِنَّ هٰذَا لَهُوَ الْقَصَصُ الْحَقُّ ۚ— وَمَا مِنْ اِلٰهٍ اِلَّا اللّٰهُ ؕ— وَاِنَّ اللّٰهَ لَهُوَ الْعَزِیْزُ الْحَكِیْمُ ۟

६२) निश्चय नै यी भनाइहरू नै सत्य हुन् र अल्लाह बाहेक अरु कोही पूजा योग्य छैन । निःसन्देह अल्लाह सामथ्र्यपूर्ण र कौशल सम्पन्न छ । info
التفاسير:

external-link copy
63 : 3

فَاِنْ تَوَلَّوْا فَاِنَّ اللّٰهَ عَلِیْمٌۢ بِالْمُفْسِدِیْنَ ۟۠

६३) तापनि यदि तिनीहरूले स्वीकार गर्दैनन् त अल्लाह पनि उत्पातीहरूलाई राम्ररी जान्दछ । info
التفاسير:

external-link copy
64 : 3

قُلْ یٰۤاَهْلَ الْكِتٰبِ تَعَالَوْا اِلٰی كَلِمَةٍ سَوَآءٍ بَیْنَنَا وَبَیْنَكُمْ اَلَّا نَعْبُدَ اِلَّا اللّٰهَ وَلَا نُشْرِكَ بِهٖ شَیْـًٔا وَّلَا یَتَّخِذَ بَعْضُنَا بَعْضًا اَرْبَابًا مِّنْ دُوْنِ اللّٰهِ ؕ— فَاِنْ تَوَلَّوْا فَقُوْلُوا اشْهَدُوْا بِاَنَّا مُسْلِمُوْنَ ۟

६४) भनिदिनुस् कि हे अहले किताब ! यस्तो कुरातर्फ आऊ जुन हाम्रो र तिम्रो बीचमा समान छ । त्यो यो हो कि अल्लाह बाहेक अरु कसैलाई हामी पूजा नगरौं र उससँग अरुको साझेदारी नठहराऔं र अल्लाह बाहेक हामीमध्ये कसैलाई पालनहार नबनाऔ । यदि यिनीहरू मान्दैनन् भने भनिदिनुस् कि ! तिमी साक्षी हौ कि हामी मुसलमान हौं । info
التفاسير:

external-link copy
65 : 3

یٰۤاَهْلَ الْكِتٰبِ لِمَ تُحَآجُّوْنَ فِیْۤ اِبْرٰهِیْمَ وَمَاۤ اُنْزِلَتِ التَّوْرٰىةُ وَالْاِنْجِیْلُ اِلَّا مِنْ بَعْدِهٖ ؕ— اَفَلَا تَعْقِلُوْنَ ۟

६५) हे अहले किताब ! तिमीहरू इब्राहीमको बारेमा आपसमा किन झगडा गर्दछौ, जबकि तौरात र इञ्जील उनीभन्दा पछाडि आएको हो । के तिमी फेरि पनि बुझ्दैनौ । info
التفاسير:

external-link copy
66 : 3

هٰۤاَنْتُمْ هٰۤؤُلَآءِ حَاجَجْتُمْ فِیْمَا لَكُمْ بِهٖ عِلْمٌ فَلِمَ تُحَآجُّوْنَ فِیْمَا لَیْسَ لَكُمْ بِهٖ عِلْمٌ ؕ— وَاللّٰهُ یَعْلَمُ وَاَنْتُمْ لَا تَعْلَمُوْنَ ۟

६६) हेर, यस्तो कुरामा तिमीहरूले झगडा गरिसक्यौ, जसको बारेमा तिमीलाई ज्ञान थियो, तर फेरि यस्ता कुरामा किन झगडा गर्दछौ जसको सम्बन्धमा तिमीलाई केही पनि ज्ञान छैन । अल्लाहलाई थाहा छ र तिमीलाई थाहा छैन । info
التفاسير:

external-link copy
67 : 3

مَا كَانَ اِبْرٰهِیْمُ یَهُوْدِیًّا وَّلَا نَصْرَانِیًّا وَّلٰكِنْ كَانَ حَنِیْفًا مُّسْلِمًا ؕ— وَمَا كَانَ مِنَ الْمُشْرِكِیْنَ ۟

६७) इब्राहीम न त यहूदी थिए न ईसाई बरु उनी एक सच्चा मुसलमान थिए र मुश्रिकहरूमध्येका थिएनन् । info
التفاسير:

external-link copy
68 : 3

اِنَّ اَوْلَی النَّاسِ بِاِبْرٰهِیْمَ لَلَّذِیْنَ اتَّبَعُوْهُ وَهٰذَا النَّبِیُّ وَالَّذِیْنَ اٰمَنُوْا ؕ— وَاللّٰهُ وَلِیُّ الْمُؤْمِنِیْنَ ۟

६८) इब्राहीमसँग सबभन्दा नजिकका सम्बन्ध राख्ने ती मानिसहरू हुन् जो उनका अनुयायी भए र यिनी पैगम्बर (मुहम्मद स.) र ती मानिसहरू जसले कि आस्था राखेका हुन् । अल्लाह नै मोमिनहरूको पक्षधर र सहारा हो । info
التفاسير:

external-link copy
69 : 3

وَدَّتْ طَّآىِٕفَةٌ مِّنْ اَهْلِ الْكِتٰبِ لَوْ یُضِلُّوْنَكُمْ ؕ— وَمَا یُضِلُّوْنَ اِلَّاۤ اَنْفُسَهُمْ وَمَا یَشْعُرُوْنَ ۟

६९) (हे इस्लामका अनुयायीहरू !) अहले किताबको एक समूह तिमीलाई असल पथबाट विचलित गराउन चाहन्छ, तर यिनीहरूले वास्तवमा आफैलाई पथविचलित गरिराखेका छन् तर बुझ्दैनन् । info
التفاسير:

external-link copy
70 : 3

یٰۤاَهْلَ الْكِتٰبِ لِمَ تَكْفُرُوْنَ بِاٰیٰتِ اللّٰهِ وَاَنْتُمْ تَشْهَدُوْنَ ۟

७०) हे अहले किताब ! तिमीहरू गवाह भए पछि पनि अल्लाहका आयतहरूलाई किन इन्कार गरिराखेका छौ ? info
التفاسير: