আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ

পৃষ্ঠা নং:close

external-link copy
15 : 34

لَقَدْ كَانَ لِسَبَاٍ فِیْ مَسْكَنِهِمْ اٰیَةٌ ۚ— جَنَّتٰنِ عَنْ یَّمِیْنٍ وَّشِمَالٍ ؕ۬— كُلُوْا مِنْ رِّزْقِ رَبِّكُمْ وَاشْكُرُوْا لَهٗ ؕ— بَلْدَةٌ طَیِّبَةٌ وَّرَبٌّ غَفُوْرٌ ۟

१५) सबाका जातिबन्धुको लागि उनीहरूको निवासस्थानमा नै अल्लाहको शक्तिको एउटा निशानी थियो । उनको बायाँ र दायाँ दुईवटा बगैचा थिए हामीले उनलाई आदेश दिएका थियौं कि ‘‘आफ्नो पालनकर्ताले दिएको जीविका खाऊ, र उसप्रति आभार प्रकट गर । यो शहर पनि राम्रो र पालनकर्ता पनि क्षमाशील’’ छ । info
التفاسير:

external-link copy
16 : 34

فَاَعْرَضُوْا فَاَرْسَلْنَا عَلَیْهِمْ سَیْلَ الْعَرِمِ وَبَدَّلْنٰهُمْ بِجَنَّتَیْهِمْ جَنَّتَیْنِ ذَوَاتَیْ اُكُلٍ خَمْطٍ وَّاَثْلٍ وَّشَیْءٍ مِّنْ سِدْرٍ قَلِیْلٍ ۟

१६) किन्तु तिनीहरूले ध्यान दिएनन् अनि हामीले उनीहरूमाथि ठूलो बाढी पठाइदियौं र उनीहरूको दुईटै बगैंचाको सट्टामा उनीहरूलाई दुइटा अर्कै बगैंचाहरू दियौं, जसका फलहरू बेस्वाद थिए र जसमा केही झ्याउ थिए र केही झरबयरहरू थिए । info
التفاسير:

external-link copy
17 : 34

ذٰلِكَ جَزَیْنٰهُمْ بِمَا كَفَرُوْا ؕ— وَهَلْ نُجٰزِیْۤ اِلَّا الْكَفُوْرَ ۟

१७) यो प्रतिफल हामीले उनीहरूलाई उनीहरूको अवज्ञाको कारणले दियौं । यस्तो प्रतिफल त हामीले ठूला ठूला कृतघ्न मानिसलाई नै दिन्छौं । info
التفاسير:

external-link copy
18 : 34

وَجَعَلْنَا بَیْنَهُمْ وَبَیْنَ الْقُرَی الَّتِیْ بٰرَكْنَا فِیْهَا قُرًی ظَاهِرَةً وَّقَدَّرْنَا فِیْهَا السَّیْرَ ؕ— سِیْرُوْا فِیْهَا لَیَالِیَ وَاَیَّامًا اٰمِنِیْنَ ۟

१८) र हामीले उनीहरूको र ती बस्तीहरूको बीचमा जसलाई हामीले बरकत (पुरस्कार) दिएका थियौं केही अरु बस्तीहरू आबाद गरायौं जुन सार्वजनिक रूपले प्रकट थिए र तिनीहरूमा उनमा यात्राका अभिष्टहरू ठीक अनुमानमा राख्यौं ‘‘उनीहरूमा रातदिन निश्चिन्त भई हिंडडुल गर ।’’ info
التفاسير:

external-link copy
19 : 34

فَقَالُوْا رَبَّنَا بٰعِدْ بَیْنَ اَسْفَارِنَا وَظَلَمُوْۤا اَنْفُسَهُمْ فَجَعَلْنٰهُمْ اَحَادِیْثَ وَمَزَّقْنٰهُمْ كُلَّ مُمَزَّقٍ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّكُلِّ صَبَّارٍ شَكُوْرٍ ۟

१९) किन्तु उनीहरूले भनेः ‘‘हे हाम्रो पालनकर्ता हाम्रा यात्राहरूलाई दूरस्त बनाइदेऊ । उनीहरूले स्वयम् आफूमाथि नै आफ्नो कुभलो गरे । त्यसकारण हामीले (उनीहरूलाई नष्ट गरेर) उनीहरूलाई कथा बनाइदियौं, र उनीहरूलाई बिल्कुल छिन्न भिन्न गरिदियौं । निश्चय नै यसमा प्रत्येक ठूलो धैर्यवान्, कृतज्ञको निम्ति धेरै शिक्षाहरू छन् । info
التفاسير:

external-link copy
20 : 34

وَلَقَدْ صَدَّقَ عَلَیْهِمْ اِبْلِیْسُ ظَنَّهٗ فَاتَّبَعُوْهُ اِلَّا فَرِیْقًا مِّنَ الْمُؤْمِنِیْنَ ۟

२०) र इबलीसले (शैतानको नायकले) उनको विषयमा आफ्नो अनुमान सत्य साबित गरेर देखाइदियो र ईमानवालाहरूको एउटा समूह बाहेक उनीहरू सबै उसैको अनुयायी बने । info
التفاسير:

external-link copy
21 : 34

وَمَا كَانَ لَهٗ عَلَیْهِمْ مِّنْ سُلْطٰنٍ اِلَّا لِنَعْلَمَ مَنْ یُّؤْمِنُ بِالْاٰخِرَةِ مِمَّنْ هُوَ مِنْهَا فِیْ شَكٍّ ؕ— وَرَبُّكَ عَلٰی كُلِّ شَیْءٍ حَفِیْظٌ ۟۠

२१) यद्यपि शैतानको उनीहरूमाथि कुनै जोड र दबाव थिएन, किन्तु यो यसकारण कि हामीले प्रकट गरौं उनीहरूलाई जो आखिरतमाथि ईमान राख्दछन् उनीहरूबाट जो उसको बारेमा कुनै सन्देहमा परिराखेका छन् । र तपाईंको पालनहार प्रत्येक कुराको संरक्षक छ । info
التفاسير:

external-link copy
22 : 34

قُلِ ادْعُوا الَّذِیْنَ زَعَمْتُمْ مِّنْ دُوْنِ اللّٰهِ ۚ— لَا یَمْلِكُوْنَ مِثْقَالَ ذَرَّةٍ فِی السَّمٰوٰتِ وَلَا فِی الْاَرْضِ وَمَا لَهُمْ فِیْهِمَا مِنْ شِرْكٍ وَّمَا لَهٗ مِنْهُمْ مِّنْ ظَهِیْرٍ ۟

२२) भनिदिनुस् ‘‘कि अल्लाहबाहेक ज–जसलाई तिमीले (पूज्य) ठान्दछौ, तिनीहरू सबैलाई पुकारेर हेर । तिनीहरूमध्ये कसैलाई आकाशहरूमा र पृथ्वीमा एउटा कणभरी पनि कुनै कुराको अधिकार छैन र न ती दुवैमा उनको कुनै साझेदारी छ र न उनीहरूमध्ये कुनै उसको सहायक छ’’ । info
التفاسير: