വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

अबस

external-link copy
1 : 80

عَبَسَ وَتَوَلّٰۤی ۟ۙ

१) उसले रूखापनागरेर मुख फर्कायो । info
التفاسير:

external-link copy
2 : 80

اَنْ جَآءَهُ الْاَعْمٰى ۟ؕ

२) किनकि उसको पासमा एउटा अन्धो आयो । info
التفاسير:

external-link copy
3 : 80

وَمَا یُدْرِیْكَ لَعَلَّهٗ یَزَّ ۟ۙ

३) तिमीलाई के थाह शायद उसको भलो हुनेथियो । info
التفاسير:

external-link copy
4 : 80

اَوْ یَذَّكَّرُ فَتَنْفَعَهُ الذِّكْرٰى ۟ؕ

४) अथवा उपदेश हासिल गर्दथ्यो र उपदेशबाट उसलाई फाइदा हुन्थ्यो । info
التفاسير:

external-link copy
5 : 80

اَمَّا مَنِ اسْتَغْنٰى ۟ۙ

५) तर जो लापरवाही गर्दछ । info
التفاسير:

external-link copy
6 : 80

فَاَنْتَ لَهٗ تَصَدّٰى ۟ؕ

६) उसैको तर्फ तिमी पूरै ध्यान दिन्छौ । info
التفاسير:

external-link copy
7 : 80

وَمَا عَلَیْكَ اَلَّا یَزَّكّٰى ۟ؕ

७) हुन त यदि उसले पवित्रता प्राप्त गरेन भने तिमीलाई कुनै दोष आउँदैन । info
التفاسير:

external-link copy
8 : 80

وَاَمَّا مَنْ جَآءَكَ یَسْعٰى ۟ۙ

८) र जो तिम्रो पासमा दगुर्दै आयो । info
التفاسير:

external-link copy
9 : 80

وَهُوَ یَخْشٰى ۟ۙ

९) र ऊ (अल्लाहसित) डराउँछ पनि । info
التفاسير:

external-link copy
10 : 80

فَاَنْتَ عَنْهُ تَلَهّٰى ۟ۚ

१०) उसलाई तिमीले बेवास्ता गर्दछौ । info
التفاسير:

external-link copy
11 : 80

كَلَّاۤ اِنَّهَا تَذْكِرَةٌ ۟ۚ

११) हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो । info
التفاسير:

external-link copy
12 : 80

فَمَنْ شَآءَ ذَكَرَهٗ ۟ۘ

१२) तसर्थ जसले चाहोस् त्यसबाट उपदेश प्राप्त गरोस् । info
التفاسير:

external-link copy
13 : 80

فِیْ صُحُفٍ مُّكَرَّمَةٍ ۟ۙ

१३) यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ । info
التفاسير:

external-link copy
14 : 80

مَّرْفُوْعَةٍ مُّطَهَّرَةٍ ۟ۙ

१४) जो उच्च ठाउँमा राखिएको र पवित्र छ । info
التفاسير:

external-link copy
15 : 80

بِاَیْدِیْ سَفَرَةٍ ۟ۙ

१५) यस्ता लेख्नेवालाहरूको हातमा (रहेको) छ । info
التفاسير:

external-link copy
16 : 80

كِرَامٍ بَرَرَةٍ ۟ؕ

१६) जो प्रतिष्ठित र पवित्र छन् । info
التفاسير:

external-link copy
17 : 80

قُتِلَ الْاِنْسَانُ مَاۤ اَكْفَرَهٗ ۟ؕ

१७) अल्लाहको सजाय, मानिस पनि कति अकृतज्ञ रहेछ । info
التفاسير:

external-link copy
18 : 80

مِنْ اَیِّ شَیْءٍ خَلَقَهٗ ۟ؕ

१८) अल्लाहले उसलाई कुन कुराबाट सृष्टि गर्यो ? info
التفاسير:

external-link copy
19 : 80

مِنْ نُّطْفَةٍ ؕ— خَلَقَهٗ فَقَدَّرَهٗ ۟ۙ

१९) वीर्यको एउटा थोपाबाट सृष्टि गर्यो, अनि त्यसलाई राम्रो अन्दाजमा राख्यो । info
التفاسير:

external-link copy
20 : 80

ثُمَّ السَّبِیْلَ یَسَّرَهٗ ۟ۙ

२०) र उसको निम्ति मार्ग सरल बनाइदियो । info
التفاسير:

external-link copy
21 : 80

ثُمَّ اَمَاتَهٗ فَاَقْبَرَهٗ ۟ۙ

२१) अनि उसलाई मृत्यु प्रदान गर्यो अनि कब्रमा (चिहानमा) पुराइदियो । info
التفاسير:

external-link copy
22 : 80

ثُمَّ اِذَا شَآءَ اَنْشَرَهٗ ۟ؕ

२२) फेरि जब चाहन्छ (चिहानबाट) उभ्याइदिनेछ, info
التفاسير:

external-link copy
23 : 80

كَلَّا لَمَّا یَقْضِ مَاۤ اَمَرَهٗ ۟ؕ

२३) केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले उसलाई पूर्ण गरेन । info
التفاسير:

external-link copy
24 : 80

فَلْیَنْظُرِ الْاِنْسَانُ اِلٰى طَعَامِهٖۤ ۟ۙ

२४) अनि मानिसले आफ्नो भोजनलाई हेर्नुपर्छ । info
التفاسير:

external-link copy
25 : 80

اَنَّا صَبَبْنَا الْمَآءَ صَبًّا ۟ۙ

२५) हामीले नै धेरै पानी वर्षायौं । info
التفاسير:

external-link copy
26 : 80

ثُمَّ شَقَقْنَا الْاَرْضَ شَقًّا ۟ۙ

२६) फेरि हामीले नै धरतीलाई (चिरेर) टुक्रा–टुक्रा पार्यौं । info
التفاسير:

external-link copy
27 : 80

فَاَنْۢبَتْنَا فِیْهَا حَبًّا ۟ۙ

२७) त्यस पश्चात हामीले नै त्यसमा अन्न उब्जायौं । info
التفاسير:

external-link copy
28 : 80

وَّعِنَبًا وَّقَضْبًا ۟ۙ

२८) र अंगूर र तरकारी । info
التفاسير:

external-link copy
29 : 80

وَّزَیْتُوْنًا وَّنَخْلًا ۟ۙ

२९) र जैतून र खजूरहरू । info
التفاسير:

external-link copy
30 : 80

وَّحَدَآىِٕقَ غُلْبًا ۟ۙ

३०) र बाक्ला घना बगैंचाहरू । info
التفاسير:

external-link copy
31 : 80

وَّفَاكِهَةً وَّاَبًّا ۟ۙ

३१) र फल एवं चाराहरू । info
التفاسير:

external-link copy
32 : 80

مَّتَاعًا لَّكُمْ وَلِاَنْعَامِكُمْ ۟ؕ

३२) (यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको (पशुहरूको) निम्ति बनायौं । info
التفاسير:

external-link copy
33 : 80

فَاِذَا جَآءَتِ الصَّآخَّةُ ۟ؗ

३३) तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ । info
التفاسير:

external-link copy
34 : 80

یَوْمَ یَفِرُّ الْمَرْءُ مِنْ اَخِیْهِ ۟ۙ

३४) त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट । info
التفاسير:

external-link copy
35 : 80

وَاُمِّهٖ وَاَبِیْهِ ۟ۙ

३५) र आफ्नो आमा र बाबुबाट । info
التفاسير:

external-link copy
36 : 80

وَصَاحِبَتِهٖ وَبَنِیْهِ ۟ؕ

३६) र आफ्नो श्रीमती र छोराहरूबाट भाग्नेछ । info
التفاسير:

external-link copy
37 : 80

لِكُلِّ امْرِئٍ مِّنْهُمْ یَوْمَىِٕذٍ شَاْنٌ یُّغْنِیْهِ ۟ؕ

३७) यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि पर्याप्त हुनेछ । info
التفاسير:

external-link copy
38 : 80

وُجُوْهٌ یَّوْمَىِٕذٍ مُّسْفِرَةٌ ۟ۙ

३८) कतिपय अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् । info
التفاسير:

external-link copy
39 : 80

ضَاحِكَةٌ مُّسْتَبْشِرَةٌ ۟ۚ

३९) हाँस्दै खुशी र आनन्दित हुनेछन् । info
التفاسير:

external-link copy
40 : 80

وَوُجُوْهٌ یَّوْمَىِٕذٍ عَلَیْهَا غَبَرَةٌ ۟ۙ

४०) र कतिपय अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् । info
التفاسير:

external-link copy
41 : 80

تَرْهَقُهَا قَتَرَةٌ ۟ؕ

४१) जसमाथि कालोपना छाएको हुनेछ, info
التفاسير:

external-link copy
42 : 80

اُولٰٓىِٕكَ هُمُ الْكَفَرَةُ الْفَجَرَةُ ۟۠

४२) यी तिनै काफिरचरित्र दुराचारी मानिसहरू हुनेछन् । info
التفاسير: