വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

പേജ് നമ്പർ:close

external-link copy
62 : 10

اَلَاۤ اِنَّ اَوْلِیَآءَ اللّٰهِ لَا خَوْفٌ عَلَیْهِمْ وَلَا هُمْ یَحْزَنُوْنَ ۟ۚ

६२) सुनिराखः कि अल्लाहका मित्रहरूलाई न कुनै भय–त्रास हुनेछ र नत तिनीहरू दुःखी नै हुनेछन् । info
التفاسير:

external-link copy
63 : 10

الَّذِیْنَ اٰمَنُوْا وَكَانُوْا یَتَّقُوْنَ ۟ؕ

६३) यी तिनीहरू हुन् जसले ईमान ल्याए र आत्मसंयमी रहे । info
التفاسير:

external-link copy
64 : 10

لَهُمُ الْبُشْرٰی فِی الْحَیٰوةِ الدُّنْیَا وَفِی الْاٰخِرَةِ ؕ— لَا تَبْدِیْلَ لِكَلِمٰتِ اللّٰهِ ؕ— ذٰلِكَ هُوَ الْفَوْزُ الْعَظِیْمُ ۟ؕ

६४) तिनीहरूको निम्ति सांसारिक जीवनमा पनि शुभसन्देश छ, र परलोकमा पनि । अल्लाहको कुरामा परिवर्तन हुँदैन, यहि त ठूलो सफलता हो । info
التفاسير:

external-link copy
65 : 10

وَلَا یَحْزُنْكَ قَوْلُهُمْ ۘ— اِنَّ الْعِزَّةَ لِلّٰهِ جَمِیْعًا ؕ— هُوَ السَّمِیْعُ الْعَلِیْمُ ۟

६५) (र हे मुहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) ! ती मानिसहरूका दुर्वचन तिमीलाई दुःखी नपारोस् किनभने सम्पूर्ण मर्यादा अल्लाहकै लागि हो । ऊ सबैकुरा सुन्दछ र जान्दछ । info
التفاسير:

external-link copy
66 : 10

اَلَاۤ اِنَّ لِلّٰهِ مَنْ فِی السَّمٰوٰتِ وَمَنْ فِی الْاَرْضِ ؕ— وَمَا یَتَّبِعُ الَّذِیْنَ یَدْعُوْنَ مِنْ دُوْنِ اللّٰهِ شُرَكَآءَ ؕ— اِنْ یَّتَّبِعُوْنَ اِلَّا الظَّنَّ وَاِنْ هُمْ اِلَّا یَخْرُصُوْنَ ۟

६६) यादराख कि जे जति आकाशहरूमा छन् र जति पृथ्वीमा छन् सबै अल्लाहकै हुन् । र जसले अल्लाह बाहेक आफूले चाहेको साझेदारहरूलाई पुकार्दछन्, उनीहरू कसको अनुशरण गरिरहेका छन् ? ती मात्र अप्रमाणित कुराहरूको अनुशरण गर्दैछन् र अनुमान मात्र लगाउँदै छन् । info
التفاسير:

external-link copy
67 : 10

هُوَ الَّذِیْ جَعَلَ لَكُمُ الَّیْلَ لِتَسْكُنُوْا فِیْهِ وَالنَّهَارَ مُبْصِرًا ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّقَوْمٍ یَّسْمَعُوْنَ ۟

६७) ऊ नै हो जसले तिम्रो निम्ति राति बनायो ताकि त्यसमा आराम गर, र हेर्नुको लागि उज्यालो दिन बनायो । निस्सन्देह त्यसमा ध्यानबाट सुन्नेहरूको लागि निशानीहरू छन् । info
التفاسير:

external-link copy
68 : 10

قَالُوا اتَّخَذَ اللّٰهُ وَلَدًا سُبْحٰنَهٗ ؕ— هُوَ الْغَنِیُّ ؕ— لَهٗ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— اِنْ عِنْدَكُمْ مِّنْ سُلْطٰنٍ بِهٰذَا ؕ— اَتَقُوْلُوْنَ عَلَی اللّٰهِ مَا لَا تَعْلَمُوْنَ ۟

६८) तिनीहरू भन्दछन्ः कि अल्लाह आफनो लागि एउटा पुत्र ग्रहण गरेको छ, त्यो पवित्र छ (यस आरोपबाट) । अल्लाह कसैको मुखापेक्षी (मुहताज) छैन, ऊ स्वयं परिपूर्ण र महान छ । जे जति आकाशहरूमा र जे जति जमिनमा छन् ती सबै उसैको अधीन छन् ! तिमीसित यस झूठो कुराको कुनै प्रमाण छैन । तिमीले अल्लाहको बारेमा यस्तो कुरा भन्दछौ जसको तिमीलार्इ ज्ञान नै छैन ? info
التفاسير:

external-link copy
69 : 10

قُلْ اِنَّ الَّذِیْنَ یَفْتَرُوْنَ عَلَی اللّٰهِ الْكَذِبَ لَا یُفْلِحُوْنَ ۟ؕ

६९) भनिदिनुस्ः कि जुन मानिसहरूले अल्लाहमाथि झूठा आरोप लगाउँछन्, तिनीहरू सफलता पाउने छैनन् । info
التفاسير:

external-link copy
70 : 10

مَتَاعٌ فِی الدُّنْیَا ثُمَّ اِلَیْنَا مَرْجِعُهُمْ ثُمَّ نُذِیْقُهُمُ الْعَذَابَ الشَّدِیْدَ بِمَا كَانُوْا یَكْفُرُوْنَ ۟۠

७०) यस संसारमा तिनीहरूलाई केही फाइदाहरू छन् अन्ततः उनीलार्इ हामीतिरै फर्केर आउनुछ, त्यति बेला हामी तिनीहरूलाई कुफ्र गरेको बदलामा कडा सजायको स्वाद चखाउने छौं । info
التفاسير: